शुक्रबार, असोज १६, २०८३

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

पुस महिनाको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- पुस महिनाको अन्तिम दिन शुक्रबार सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा दुई सय रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ।

बिहीबार छापावाला सुन प्रतितोला ९२ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा दुई रुपैयाँले नै बढ्दै ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। 

यस्तै चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले बढेर एक हजार २६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

प्रकाशित: Jan 14, 2022| 11:35 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्