शुक्रबार, चैत ६, २०८२

दार्चुलामा कोरोना खोप अभाव

प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

दार्चुला- जिल्ला प्रशासन कार्यालयले माघ ७ गतेदेखि सर्वसाधारणले अनिवार्य खोप कार्ड बोक्नुपर्ने आदेश जारी गरेको छ। प्रशासनले सात बुँदे आदेश जारी गर्दै सर्वसाधारण सबैमा अनिवार्य खोप कार्ड बोक्न तथा मोबाइलमा देखाउन आदेश गरेको हो।

National life

प्रशासनले आदेश गरे पनि जिल्लामा कोरोनाविरुद्व लगाइने खोपको भने अभाव छ। बिहीबार जिल्लाका कुनै पनि ठाउँमा कोरोना खोप छैन। ‘कोरोनाको खोप सकिएको छ’, स्वास्थ्य कार्यालयका सूचना अधिकारी खगेन्द्र कार्कीले भने, ‘अहिले खोप माग गरिएको छ, एक-दुई दिनभित्र खोप जिल्ला पुग्छ, अहिलेसम्म जिल्लामा ७७ प्रतिशत नागरिकले मात्रै खोप पाएका छन्।’

यस्तै प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जारी गरेको आदेशमा सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी सहभागी नहुने गरी राजनीतिक, सामाजिक, धार्मिक तथा प्रशासनिक कार्यक्रम, मेला, भेला, महोत्सव, पर्व सञ्चालन गर्ने, आवश्यक कार्यक्रमको हकमा स्वास्थ्यका मापदण्ड पालना गर्ने गरी प्रशासनको अनुमति लिनुपर्ने भनिएको छ। 

सार्वजनिक यातायातमा तोकिएको सिटभन्दा बढी यात्रु राख्न नपाउने र घरबाट बाहिर निस्कँदा अनिर्वायरूपमा मास्क लगाउनु पर्नेछ। त्यस्तै भारत तथा नेपालका अन्य क्षेत्रबाट जिल्लामा आउने नागरिकले स्थानीय तहको स्वास्थ्य शाखाको निगरानीमा होम क्वारेन्टिनमा बस्नु पर्नेछ। बिहीबारसम्म जिल्लामा १७ जनामा कोरोना संक्रमण देखिएको छ। भारतबाट रोजगारी गरेर फर्किने नेपालीमा कोरोना संक्रमण देखिने गरेको छ। सीमानाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा संक्रमण देखिने गरेको छ।

भारतसँग सीमा जोडिएका दार्चुलाको पुलघाट र जौलजिवीमा अहिले जाँचको व्यवस्था गरिएको छ। भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्ररूपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी उपाध्यायले बताए। रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 14, 2022| 11:06 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्