काठमाडौं- नेपाल राष्ट्र बैंकले फेरि दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको छ। राष्ट्र बैंकले एक सूचना जारी गर्दै दुई रुपैयाँको सिक्का प्रचलनमा ल्याउने भएको हो।
राष्ट्र बैंकले पुरानै आकार तथा सुनौलो रंगमा रहेको दुई रुपैयाँको सिक्का पुस ३० गतेदेखि प्रचलनमा ल्याउने जनाएको हो।
सिक्काको वृत्ताकार घेराभित्र वरिपरि चौसठ्ठी वटा थोप्लाहरू रहने, सिक्काको माथिल्लो भागमा अंग्रेजीमा Rs. Two र तल्लो भागमा देवनागरी लिपिमा २ रुपैयाँ लेखिएको हुने राष्ट्र बैंकले जनाएको छ। सिक्काको बीच भागमा सात प्रदेशसहितको नेपालको नक्सा रहने छ।
नेपालको नक्साको माथिपट्टी दायाँतर्फ फरक क्षमता भएकाहरूले स्पर्श गरेर रसिक्काको दर पहिचान गर्न सक्ने दुई थोप्ला रहने राष्ट्र बैंकले जनाएको छ।