शुक्रबार, चैत ६, २०८२

अस्पतालहरूमा तत्काल जनशक्ति व्यवस्थापन गर्न मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत दरवन्दी अनुसार कुनैपद रिक्त भए तत्काल जनशक्ति व्यवस्थापन गर्न निर्देशन दिएको छ।

National life

कोरोना संक्रमणको जोखिम बढेसँगै कुनैपद रिक्त भए तत्काल व्यवस्थापन गर्न शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल र प्रयोगशालालाई मन्त्रालयले निर्देशन दिएको हो। 

स्वास्थ्य आपत्कालिन तथा विपद् व्यवस्थापन इकाइ स्वास्थ्य आपत्कालिन कार्य सञ्चालन केन्द्र (एचइओसी)का प्रमुख डा. समीरकुमार अधिकारीले विज्ञप्ति निकालेर करारमा भर्ना भएका स्वास्थ्यकर्मी र कर्मचारीको करार अवधि आवश्यकता अनुसार २०७८ माघ महिनादेखि बढीमा ३ महिनासम्म थप्न सकिने जनाएका छन्।

स्वास्थ्य मन्त्रालयको बिहीकारको सचिवस्तरीय निर्णय अनुसार उक्त निर्देशन दिएको हो।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 14, 2022| 06:53 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्