शुक्रबार, चैत ६, २०८२

खोप नलगाएका मानिसहरूका लागि ओमिक्रोन 'खतरनाक'

कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- कोभिड-१९ को ओमिक्रोन भेरियन्ट विशेष गरी खोप नलगाएका व्यक्तिहरूका लागि 'खतरनाक भाइरस' भएको विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले बुधबार उल्लेख गरेका छन्।

National life

'यद्यपि ओमिक्रोन डेल्टा भन्दा कम गम्भीर भाइरस  हो तर  विशेष गरी खोप नलगाएकाहरूका लागि भने यो खतरनाक नै हुन्छ,' टेड्रोसले कोभिड-१९ बारे पत्रकार सम्मेलनमा उक्त कुरा बताएका छन्। उनले यसको सङ्क्रमण दर तीव्र रहेको र सबैतिर फैलिएकाले सतर्क रहन समेत आग्रह गरेका छन्।

डब्ल्यूएचओ प्रमुखले अफ्रिकाको कोभिड खोपको दरलाई उल्लेख गर्दै  भने, 'अफ्रिकामा ८५ प्रतिशत भन्दा बढी मानिसहरूले खोपको एक खुराक प्राप्त गर्न बाँकी छ। हामीले यो अन्तरलाई बन्द नगरेसम्म हामी महामारीको तीव्र चरण समाप्त गर्न सक्दैनौं।'

'हामी प्रगति गर्दैछौं, डिसेम्बरमा, कोभ्याक्स अन्तरेगत नोभेम्बरमा पठाइएको डोजको संख्या दोब्बर भन्दा बढी पठाउँछौं  र आगामी दिनमा  एक अर्ब खोप डोज पठाउने प्रयास गर्छौं,' उनले भने।

उनले गत वर्ष हामीले भोगेका केही आपूर्ति अवरोधहरू अहिले सहज हुन थालेको तर यस वर्षको मध्यसम्ममा प्रत्येक देशको ७० प्रतिशत जनसंख्यालाई खोप लगाउने लक्ष्यमा पुग्न अझै लामो यात्रा गर्न बाँकी रहेको समेत उल्लेख गरेका छन्। '९० देशले अझै ४० प्रतिशत लक्ष्यमा पुग्न सकेका छैनन् र तीमध्ये ३६ देशले आफ्नो जनसंख्याको १० प्रतिशतभन्दा कम खोप लगाएका छन्,' उनले थपे।

Laxmi sunrise bank
kumari

'डब्लुएचओ र हाम्रा साझेदारहरूले यी देशहरूलाई नेतृत्व र समन्वयमा, आपूर्ति दृश्यताको कमी, प्रदान गरिएका खोपहरूको छोटो शेल्फ-लाइफ, सीमित कोल्ड चेन क्षमता, खोप आत्मविश्वास, स्वास्थ्यकर्मीको अभाव, र प्रतिस्पर्धी प्राथमिकताहरूमा सामना गर्ने अवरोधहरू हटाउन सक्रिय रूपमा समर्थन गरिरहेका छन्,' डब्ल्युएचओ प्रमुखले बताएका छन्।

प्रकाशित: Jan 14, 2022| 04:00 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्