शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

चार्टर फ्लाइटमा भएको अनियमितता छानबिन गर्न समिति गठन

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन्।
 |  शुक्रबार, पुस ३०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ३०, २०७८

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले कोरोना महामारीको समयमा खाडी मुलुकमा काम गर्ने नेपाली श्रमिकको हबाइ उद्धार गर्न गरिएको चार्टर फ्लाइटमा भएको अनिमियताका विषयमा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्रालयका सहसचिव होमप्रसाद लुईंटेलको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। 

समितिका सदस्यमा मन्त्रालयका उपसचिव टेकनारायण पौडेल तथा नेपाल नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक प्रेमनाथ ठाकुर रहेका छन्। आजै गठन भएको उक्त समितिले शुक्रबारदेखि आफ्नो कामको थालनी गर्ने संयोजक लुईंटेलले बताए। उक्त समितिलाई १० दिनभित्रमा प्रतिवेदन पेस गर्न समय तोकिएको छ।

ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था हुने 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने बताएका छन्।

उक्त प्रष्ठिानले आज आयोजना गरेको चित्रकला प्रदर्शनी कार्यक्रममा बोल्नुहुँदै मन्त्री आलेले कला, संस्कृतिको जगेर्ना गर्न तथा कलाकारिताको विकास गर्नका लागि भए पनि ललित कला प्रज्ञा–प्रतिष्ठानलाई आवश्यक पर्ने बटेजको व्यवस्था गर्ने बताए। उनले भने, 'देश चिनाउने भनेकै कलाकारिता हो, कला, संस्कृतिको जगेर्ना गर्न र विकास गर्न चाहिने बजेटको व्यवस्था गर्छु।'

नेपाल ललित कला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले बजेट अभावमा नेपालका कलाकारले आफ्नो प्रतिभा देखाउन नसकेको गुनासो गरे। उनले भने, 'हामीसँग असङ्ख्य कला छ, तर बजेट नभएका कारण ती कला बाहिर ल्याउन सकिएका छैनन, बजेटको व्यवस्था भए हामी हाम्रा कला देशविदेशमा चिनाउन सफल हुन्छौँ।'

प्रकाशित: Jan 14, 2022| 00:00 शुक्रबार, पुस ३०, २०७८
प्रतिक्रिया दिनुहोस्