बुधबार, जेठ २०, २०८३

भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि

सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

बैतडी- सुदूरपश्चिम प्रदेशमा भारतबाट फर्किएका अधिकांश नेपाली नागरिकमा कोरोना संक्रमण देखिन थालेको छ। सीमा नाकामा परीक्षण गर्दा भारतबाट फर्किएकामा सङ्क्रमण पुष्टि हुन थालेको हो। 

National life

स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार सुदूरपश्चिममा यो हप्ता दैनिकरुपमा कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमितमा अधिकांश भारतबाट घर फर्किने रहेका छन्। भारतसँग सीमा जोडिएका सुदूरपश्चिमका झुलाघाट, जौलजीवी, गड्डाचौकी र गौरीफन्टा नाकाबाट हाल दैनिकरुपमा स्वदेश फर्किनेको सङ्ख्या बढ्दै गएको छ। ती नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिएको छ। 

नाकामा गरिएको परीक्षणमा बुधबार मात्रै भारतबाट फर्किएका १६८ जनामा संक्रमण पुष्टि भएको छ। मंगलबार १४८, सोमबार ८८ र आइतबार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। भारतमा संक्रमण बढ्न थालेपछि काम छाडेर घर फर्किने नेपालीको संख्या बढिरहेको छ। उनीहरुमध्ये अधिकांश संक्रमित भइ घर फर्किने गरेको पाइएको छ। 

भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण तीव्र रुपमा फैलिरहेकाले नाकामा स्वास्थ्य जाँचमा कडाइ गरिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका कोभिड–१९ सम्र्पक व्यक्ति हेमराज जोशीले बताए। उनले भने, 'भारतको प्रभाव यहाँ पनि परेको छ, सुदूरपश्चिम कोरोनाको उच्च जोखिममा छ, खोप अभियानलाई तीव्र पार्नुका साथै नाकामा स्वास्थ्य जाँचमा जोड दिएका छौं।' 

सीमा नाकामै हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत परीक्षणको काम भइरहेको छ। धेरैजसो संक्रमित सिधैं घर जाँदा संक्रमणको जोखिम बढ्दै गएको हो। होम आइसोलेशनमा बस्‍ने बाहानामा संक्रमित सिघैँ घर जाँदा समुदायस्तरमा कोरोनाको जोखिम बढेको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

Shivam cement

उनले भने, 'स्थानीय तहले संस्थागत आइसोलेशन बनाउन चासो देखाएका छैनन्, होम आइसोलेशनमा बस्ने भन्दै सिधै सङ्क्रमित समुदायमै घुलमिल हुँदा जोखिम अत्यधिक छ।' सुदूरपश्चिममा हालसम्म चार लाख ४४ हजार ७७६ जनाको कोरोना परीक्षण गरिएकामा ४९ हजार ४७९ जनामा सङ्क्रमण पुष्टि भएको छ। कोरोनाबाट हालसम्म प्रदेशमा ६१४ जनाको ज्यान गएको छ।  

प्रकाशित: Jan 13, 2022| 21:35 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।