शुक्रबार, चैत ६, २०८२

सीटीईभीटी खारेज गर्ने सरकारको तयारी

पछिल्लो समय विवादमा मुछिँदै आएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खाजेर गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयक ल्याउने सरकारले तयारी गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- पछिल्लो समय विवादमा मुछिँदै आएको प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खाजेर गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सीप विकास तालिम विधेयक ल्याउने सरकारले तयारी गरेको छ।

National life

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) लाई खारेज गर्न नयाँ ऐन ल्याउने तयारीमा जुटेको मन्त्रालय स्रोतले जनाएको हो।

सरकारले प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ऐन, २०४५ लाई खारेज गरेर प्राविधिक तथा व्यवसायिक शिक्षा र सिप विकाससम्बन्धी काम गर्न प्राविधिक तथा व्यवसायिक शिक्षा र सिप विकास तालिम परिषद् गरी दुईवटा संरचना बनाउन लागेको छ।

सीटीईभीटीमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री अध्यक्ष हुनेछन् भने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै प्रदेशको शिक्षा हेर्ने मन्त्री मध्येबाट दुई जना, लोकसेवा आयोगका सदस्य, विश्वविद्यालयका उपकुलपतिहरूमध्येबाट एक जनालगायतका व्यक्तिहरु सदस्य रहने प्रस्ताव छ।

त्यस्तै कार्यकारी अधिकार प्रमुख कार्यकारी अधिकृतमा रहने परिकल्पना गरिएको छ। स्वीस एजेन्सी फर डेभ्लपमेन्ट एन्ड कर्पोरेसन (एसडीसी)को नयाँ कार्यक्रममा सहयोग गर्ने भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 13, 2022| 18:21 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्