शुक्रबार, चैत ६, २०८२

टिचिङमा ठूलो संख्यामा स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भए पनि सेवा प्रभावित नहुने

ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि अस्पतालले नर्स तथा अन्य केही कर्मचारी गरी ५० जना माग गर्ने बताएको छ। अस्पतालका कोभिड फोकल पर्सन सन्त कुमार दासका अनुसार अहिले अस्पताल प्रसासनको बैठक बसिरहेको छ। बैठकले केहीबेरमा नै निर्णय गर्ने उनले बताए।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ६० जना भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपनि सेवामा प्रभावित भने नहुने भएको छ। 

National life

बिहिबार अस्पतालका चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरी ६० जना भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ। 

ठूलो संख्यामा संक्रमण पुष्टि भएपछि अस्पतालले नर्स तथा अन्य केही कर्मचारी गरी ५० जना माग गर्ने बताएको छ। अस्पतालका कोभिड फोकल पर्सन सन्त कुमार दासका अनुसार अहिले अस्पताल प्रसासनको बैठक बसिरहेको छ। बैठकले केहीबेरमा नै निर्णय गर्ने उनले बताए।  

दासले  भने,‘हामीसँग चिकित्सकको अभाव हुँदैन, नर्स तथा केही कर्मचारी माग गर्ने विषयमा बैठक बैठक चलिरहेको छ।’

प्रकाशित: Jan 13, 2022| 16:28 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्