शुक्रबार, चैत ६, २०८२

टिचिङ अस्पतालका ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- महाराजगञ्‍जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) का ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

National life

अस्पतालका कोभिड फोकल पर्सन सन्तकुमार दासले चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको जानकारी दिए। 

उनका अनुसार अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा छन्। ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएकोसमेत उनले जानकारी दिए। 

उनले भने, 'स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको छ। धेरै स्वास्थ्यकर्मी संक्रमित हुन थालेपछि अन्य सेवासमेत प्रभावित भएको छ। आजै पनि हामीले खाली भएको ठाउँहरूमा कसरी ड्यूटी मिलाउने भनेर छलफल गरेका छौं।'

उनले अहिले अस्पतालमा संक्रमणको जोखिम बढेसँगै भर्ना हुन आउने विरामीमध्ये शंकास्पदलाई होल्ड गरेर राख्‍न थालिएको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 13, 2022| 16:12 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्