शुक्रबार, चैत ६, २०८२

सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा छैन : स्वास्थ्यमन्त्री

स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रीबिरोध खतिवडाले सरकार अनावश्यक लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्।

National life

कीर्तिपुर अस्पतालमा बिहीवार आयोजित कार्यक्रमपछि बोल्दै मन्त्री खतिवडाले यसअघि अन्य देशहरुको कुरा सुनेर लकडाउन गरेपनि अब आवश्यक ठाउँ हेरेर मात्रै लकडाउन गरिने बताएका हुन्। 

उनले यसअघिका लकडाउनले देशको आर्थिक, सामाजिक र शैक्षिक क्षेत्रमा धेरै असर गरेको भन्दै अब लकडाउन नै समाधान हो भन्‍ने किसिमबाट सरकार नजाने बताए। मन्त्री खतिवडाले सरकार स्वास्थ्य क्षेत्रमा विशेष तयारीका साथ काम गरिरहेकोले लकडाउन हुन्छ भनेर आत्तिनु नपर्ने बताए।

मन्त्री खतिवडाले भने, ‘शुरुका बेलामा आतंक बढी भएको हुनाले एक, दुई वटा सामान्य लक्षण देख्दा पनि यसको उपचार लकडाउन भनेर गर्‍यौं। जति जानेको थियो त्यति गर्‍यौं।'

मन्त्री खतिवडाले कोरोनाको तेस्रो भेरियन्टबाट बच्‍न होशियार रहनुपर्ने भन्दै मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्न आग्रह गरेका छन्। उनले कोरोनाको पहिलो र दोस्रो डोज लगाएर सुरक्षित बस्‍न पनि आग्रह गरे। 

Laxmi sunrise bank
kumari

मन्त्री खतिवडाले विज्ञहरुले बुस्टर डोज लगाएपछि तेस्रो भेरियन्टबाट बच्न सहज हुने बताएकोले आउँदो माघ पहिलो हप्ताबाट अग्रपंक्तिमा रहेर काम गर्नेहरुलाई बुस्टर डोजको व्यवस्था गरिएको जानकारी दिए। उनले माघको दोस्रो हप्तामा ६० वर्ष माथिको उमेरसमूहका नागरिक र तेस्रो वा चौथो हप्ताबाट आम नागरिकहरुलाई कोरोनाविरुद्धको बुस्टर डोज उपलब्ध गराउने बताए।

मन्त्री खतिवडाले भने, ‘स्वास्थ्य मापदण्ड अपनाउने भनेर जुन कोरोनाको बेला विभिन्न ढंगले प्रचार गरेका थियौँ। अहिले पनि त्यसलाई हामीले लापरवाही नगरी होशियार हुनुपर्छ। त्यो भनेको मास्क लगाउने, स्यानिटाइजर गर्ने, दूरी कायम गर्ने, अनावश्यक भेटघाट नगर्ने, त्यसलाई सम्पूर्ण नागरिकहरुले पालना गर्नुपर्छ। पहिलो र दोस्रो डोज खोप लगाइदिनुहोस्। सरकारले निःशुल्क रुपमा विभिन्न स्थानबाट सहज हुनेगरी दिइरहेको छ, त्यो लगाए तेस्रो भेरियन्टबाट बच्न सकिन्छ। जिल्लासँग गासिएका अस्पताल, स्वास्थ्यकेन्द्रमा यो पाइन्छ।'

मन्त्री खतिवडाले स्वास्थ्यकेन्द्र जानका लागि सहज बनाउन सरकारले विद्यालयलाई नै खोप केन्द्र बनाएको उल्लेख गर्दै नजिकको खोप केन्द्रमा गएर खोप लगाउन आग्रह गरे। कोरोना खोप लगाउन अस्पतालमा भीड भइरहेको प्रसंगमा मन्त्री खतिवडाले विभिन्‍न अस्पताललाई खोप केन्द्र बनाइएको र अझै थप गरेर भीड हुन नदिने बताए। 


प्रकाशित: Jan 13, 2022| 15:58 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्