शुक्रबार, चैत ६, २०८२

यसरी सञ्चालन हुन्छ पढ्दै–कमाउँदै कार्यक्रम [कार्यविधिसहित]

सरकारले शिक्षालाई सीपसँग जोड्नका लागि ल्याएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको कार्यविधि तयार गरेको छ।
 |  बिहीबार, पुस २९, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २९, २०७८

काठमाडौं– सरकारले शिक्षालाई सीपसँग जोड्नका लागि ल्याएको ‘पढ्दै–कमाउँदै’ कार्यक्रमको कार्यविधि तयार गरेको छ। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सञ्चालन हुने गरी कार्यविधि बनाएर पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न लागिएको हो।

National life

शिक्षालाई सीपसँग, सीपलाई श्रमसँग, श्रमलाई उत्पादनसँग र उत्पादनलाई बजारसँग जोडी भविष्यमा उद्यमी, व्यावसायिक, सीपयुक्त एवम् स्वावलम्बी नागरिक उत्पादन गर्ने मुख्य लक्ष्यसहित कार्यविधि जारी गरिएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव डा. तुलसी थपलियाले जानकारी दिए।

कार्यक्रम कार्यान्वयनका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको विनियोजित बजेटबाट १४ करोड रुपैयाँ खर्च गरिने शिक्षा मन्त्रालयले जनाएको छ। सामुदायिक  विद्यालयमा अध्ययनरत स्वआर्जन गरी अध्ययन गर्न इच्छुक तथा गरिबीको कारणबाट आयआर्जन गरी पढ्नुपर्ने अवस्थामा रहेका  विद्यार्थीहरुमा उद्यमशिलता, स्वावलम्बन, प्राविधिक सीप तथा व्यावसायिक सोच विकास गरी आत्मनिर्भर बनाउन र पाठ्यक्रममा आधारित गणस्तरीय शिक्षाको सुनिश्चित गर्दै पढाइलाई निरन्तरता दिन साधारण र प्राविधिक तथा व्यावसायिक धारका विद्यालय मार्फत आयआजर्नको अवसर प्रदान गर्न पढ्दै कमाउँदै कार्यक्रम लागु गर्न लागिएको कार्यविधिमा उल्लेख छ।

यो कार्यक्रम मुलुकभरका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी लागु गरिएको हो। कार्यक्रम सञ्चालनका लागि न्यूनतम विद्यार्थी संख्या, आवश्यक जग्गा तथा अन्य पूर्वाधार भएको विद्यालयबाट पठाइएको प्रस्ताव मूल्यांकनको आधारमा छनोट भएका विद्यालयलाई सम्बन्धित स्थानीय तहमार्फत पेश गरेको प्रस्ताव र आवश्यकताका आधारमा सशर्त अनुदानको रुपमा रकम उपलब्ध गराइनेछ।

कार्यक्रम सञ्चालनका लागि अनुदान उपलब्ध गराइने क्षेत्रहरुमा कृषि (बाली विज्ञान, पशु विज्ञान र वागबानी) इन्जिनियरिङ (सिभिल, इलेक्ट्रिकल र कम्प्युटर), पर्यटन तथा हस्पिटालिटी, वन तथा वातावरण, निर्माण, अटोमोबाइल, व्यावसायिक कीट (मौरी पालन, च्याउ र रेसम खेती) छन्।

Laxmi sunrise bank
kumari

यस्तो छ कार्यविधि 


प्रकाशित: Jan 13, 2022| 13:58 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्