आइतबार, जेठ ६, २०८१

फिल्म खेल्न चाहनेलाई विपिनले दिए यस्ता टिप्स

हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव दिएका हुन्।
 |  बिहीबार, पुस २९, २०७८

राज सरगम

राज सरगम

बिहीबार, पुस २९, २०७८

काठमाडौं- अभिनेता विपिन कार्की फिल्ममा अभिनय गर्न चाहानेहरुलाई थिएटरतिर नअल्मलिन सुझाव दिएका छन्। हालै मात्र हिन्दी फिल्ममा अनुबन्ध हुने खबरले चर्चामा रहेका अभिनेता कार्कीले अभिनयबारे आफ्नो अनुभव प्रस्तुत गर्दै थिएटर र फिल्म फरक माध्यम भएकाले फिल्ममा अभिनय गर्न चाहानेले फिल्मकै माध्यम समात्न सुझाव दिएका हुन्। 

triton college

‘हामीलाई पनि सुरुमा यी दुई विधामा यतिविधि भिन्नता होला जस्तो लागेको थिएन। तर यी दुई कला बिधामा व्यापक भिन्नता रहेछ। अहिले फिल्म छड्केको विन्दु हेर्दा मैले कति धेरै लाउड अभिनय गरेछु भन्ने महसुस हुन्छ’ मंगलबार काठमाडौंको अस्कर इन्टरनेसनल कलेज, कलेज अफ फिल्म स्टडिजका १६ औँ ब्याचका विद्यार्थीसँग अन्तक्र्रिया गर्दै विपिनले भने।

 गुरुकुल नाटक घरमा नाटकको प्रशिक्षण लिएका विपिनले ‘आचार्य’ फिल्ममा सानो भूमिकामा अभिनय गर्दै ठूलो पर्दाको यात्रा सुरु गरेका थिए। ‘लुट’मा पनि सानो भूमिकामा मै देखिएका विपिनले ‘छड्के’ गरेको विन्दु नामको भूमिकाले धेरैको मन जितेका थिए। तर अलि पछि रिलिज भएको ‘पशुपतिप्रसाद’मा गरेको ‘भष्मे डन’को भूमिकाले भने विपिनलाई अभिनयमा बहुआयामिक कलाकारको रुपमा स्थापित गरेको थियो। 

म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ। यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु।’

फिल्म पढिरहेका विद्यार्थीसँगको कुराकानीमा उनले आफूले फिल्ममा अभिनय गर्ने चरित्रको तयारीदेखि त्यससँग जोडिएमा विविध पक्षको समेत चर्चा गरे। 


corrent noodles
Metro Mart

आफूले निर्वाह गर्ने चरित्रमा कसरी डुब्नु हुन्छ? भन्ने विद्यार्थीको प्रश्नमा विपिनको जवाफ थियो, ‘सबैका चरित्रमा पस्ने आआफ्नै तरिका हुन्छ। म चाहिँ स्क्रिप्ट कण्ठ पारेर यसको सुरुवात गर्छु। म स्क्रिप्ट कण्ठ पार्छु र यसो हुँदा मलाई चरित्रको सबै आयामको बारेमा थाहा हुन्छ। यसपछि चाहिँ म चरित्रलाई कसरी फरक गर्न सकिन्छ भनेर काम गर्छु।’

 ‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो। तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो। फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ। मेरो तपाईँहरुलाई यही सुझाव छ, ‘सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,

उनले फिल्ममा करियर बनाउन जिन्दगी नै यही भनेर लाग्नुपर्ने पनि विद्यार्थीलाई सुझाएका थिए।

दुई घन्टा लामो अन्तक्र्रियामा गुरुकुलका दिनदेखि अहिलेका दिनसम्मको चर्चा गरेका विपिनले फिल्ममा सफल हुन साना साना लक्ष्य लिन र ती पूरा भएपछि अर्को लक्ष्य लिन समेत आग्रह गरे। ‘सुरुमा गुरुकुलमा छिर्दा मलाई पुग्यो भन्ने लागेको थियो। तर सौगात दाइ (सौगात मल्ल) फिल्ममा रमाएको देखेपछि म पनि फिल्ममा जान्छु भन्ने भयो। फिल्ममा पनि मैले सानो भूमिकाबाट सुरु गरेँ र यसमा पनि खुसी थिएँ। मेरो तपाईँहरुलाई यही सुझाव छ, ‘सानो लक्ष्य लिनुस् र त्यो पूरा भएपछि अर्को लक्ष्य बनाउनुस्,’उनले भने। 

अस्कर कलेजले कलेजमा भर्ना भएका विद्यार्थीलाई फिल्म उद्योगका अनुभवीको अनुभव सुनाउन दुई हप्तादेखि फिल्मको विभिन्न विधाका व्यक्तिलाई अन्तरक्रियामा निम्त्याउँदै आएको छ। चार हप्तासम्म चल्ने यो अन्तक्र्रियामा यसअघि नीर शाह, सुरक्षा पन्त, विपिन स्थापित, मुकुन भुसाल, स्वस्तिमा खड्का, प्रदीप भट्टराई, निरञ्जनराज भेटवालले विद्यार्थी माझ आफ्नो अनुभव बाँडिसकेका छन्। 

कलेजका एकेडेमिक कोअर्डिनेटर मनोजबाबु पन्तले नयाँ विद्यार्थीलाई भविष्यमा उनीहरुले काम गर्ने उद्योगको विषयमा पर्याप्त जानकारी होस् भन्ने उद्देश्यले आफ्नो विधामा स्थापित फिल्मकर्मीलाई निम्त्याएको बताए। 

‘किताबी ज्ञानसँगै व्यवहारिक ज्ञान पनि विद्यार्थीले हासिल गरुन् भनेर हामीले उद्योगका प्रोफेसनललाई विद्यार्थीसँग साक्षात्कार गराएका हौँ। यो अवसर भोलिका दिनमा एक अर्कालाई जोड्न सेतुका रुपमा काम गर्छ कि भन्ने पनि हाम्रो विश्वास हो,’ पन्तले भने। अस्कर कलेजको यो १६औँ ब्याच हो। 


प्रकाशित: Jan 13, 2022| 12:23 बिहीबार, पुस २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।