काठमाडौं- नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११७ रुपैयाँ ९६ पैसा र बिक्री दर ११८ रुपैयाँ ५६ पैसा कायम गरेको छ।
युरो एकको खरिद दर १३४ रुपैयाँ ०९ पैसा र बिक्री दर १३४ रुपैयाँ ७७ पैसा कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ८ पैसा र बिक्री दर १६१ रुपैयाँ ६२ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२७ रुपैयाँ ७९ पैसा र बिक्री दर १२८ रुपैयाँ ४४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ०८ पैसा र बिक्री दर ८५ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ०१ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ ४९ पैसा छ।
जापानी येन १० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५३ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४३ पैसा र बिक्री दर ३१ रुपैयाँ ५९ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ०४ पैसा र बिक्री दर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ।
मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १८ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ३२ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९१ पैसा र बिक्री दर ९ रुपैयाँ ९६ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। - आजको विनिमय दर हेर्न यहाँ क्लिक गर्नुहोस्