मंगलबार, असोज २७, २०८३

एनटीसीले बढायो सेवा शुल्क, साउन १ देखि लागू हुने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- यसअघि नेपाल टेलिकमको इन्टरनेट सेवा शुल्क तिर्न पर्दैन्थ्यो। अब भ्वाइस र डाटा दुवैमा १३ प्रतिशत टेलिकम सेवा शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ।
 
त्यस्तै कम्पनीकोअनुसार सरकारले आगामी आर्थिक वर्षको बजेटमा गरेको व्यवस्थाअनुसार टेलिकमले उपलब्ध गराउने केही सेवामा शुल्क (टीएससी) समायोजन गर्ने भएतापनि ग्राहकहरुको सुविधाको लागि हाललाई विभिन्न सेवाहरु पहिलेकै दरमा उपलब्ध गराउने जनाइएको छ। 

यस अनुरुप नेपाल टेलिकमले मनसुन अफरको रुपमा विभिन्न प्याकेजहरु उपलब्ध गराउने भएको टेलिकमको प्रवक्ता प्रतिभा वैद्यले बताइन्। सो अफर आगामी साउन १ गते देखि लागू हुनेछ। 

सरकारले साउन १ देखि लागू हुने गरी भ्वाइस सेवामा टेलिकम सेवा शुल्क (टीएससी) ११ प्रतिशतबाट बढाएर १३ प्रतिशत पुर्‍याएको हो। त्यसैगरी डाटा सेवामा १३ प्रतिशत सेवा शुल्क तिर्नु पर्ने भएको छ। 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्