मंगलबार, वैशाख ९, २०८२

पर्यटकीय दृष्टिकोणले मझगाँउ विमानस्थल आवश्यक: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन्।
 |  बुधबार, पुस २८, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

vianetvianet

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले पर्यटकीय दृष्टिकोणले पनि मझगाउँ विमानस्थल सञ्चालनमा आउनुपर्ने बताएका छन्।

triton college

कञ्चनपुरको महेन्द्रनगरस्थित मझगाउँ विमानस्थल स्तरोन्नतिको शिलान्यास कार्यक्रमलाई आज सम्बोधन गर्दै उनले  शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको छेउमा रहेको विमानस्थल सञ्चालनमा आउन सके भारतलगायत अन्यत्र मुलुकबाट पनि पर्यटकलाई यहाँ आउन सहज हुने बताए। दुई दशकभन्दा बढी समयदेखि सञ्चालनमा आउन नसकेको विमानस्थलको क्षेत्रफल विस्तारसमेत गरिने उनको भनाइ छ । 'विसं २०३० देखि ०५६ सालसम्म सञ्चालनमा आएको विमानस्थल त्यसपछि बन्द रहेछ,' उनले भने, 'आगामी तीन वर्षभित्र निर्माण सक्ने गरी ठेक्का दिइएको छ।'

उनले धनगढीको विमानस्थल अन्तर्राष्ट्रिय विमानस्थल बनाउने आश्वासन विगतमा दिए पनि आफू मन्त्री भएपछि त्यसका लागि रु एक अर्ब बजेट विनियोजन गरेर काम अघि बढेको जानकारी दिए। 'राजमार्गदेखि मझगाउँ विमानस्थलसम्मको सडक चार लेनको बनाउन डिजाइन गर्न पनि भनिसकेको छु,' उनले भने, 'त्यसका लागि यहाँबाट गएर छलफल गरेर बजेट विनियोजन गर्छु ।'

विमानस्थल स्तरोन्नतिमा यहाँका पालिका र प्रदेश सरकारले पनि आवश्यक समन्वय र सहयोग गर्नुपर्नेमा उनले जोड दिए। रु ४५ करोड ६६ लाख बजेट रहेको उक्त निर्माण कार्यको जिम्मेवारी कान्छाराम केस जेभीले पाएको छ। 

विमानस्थलमा एक हजार ५०० मिटरको रनवे, टर्मिनल भवन र ट्याक्सी स्ट्याण्डलगायतका संरचना निमार्ण हुनेछन्। शिलान्यास कार्यक्रममा मन्त्री आलेसँगै सुदूरपश्चिम प्रदेशका मन्त्री, प्रतिनिधिसभा सदस्य, पूर्वमन्त्री, स्थानीय तहका नगरप्रमुख लगायतको सहभागिता रहेको थियो।

National life insurance

प्रकाशित: Jan 12, 2022| 18:50 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।