बुधबार, जेठ २०, २०८३

कैलालीमा पनि स्मार्ट लकडाउन

कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन लागु गरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– कोभिड–१९ को बढ्दो संक्रमणलाई मध्यनजर गर्दै कैलाली जिल्ला प्रशासन कार्यालयले स्मार्ट लकडाउन लागु गरेको छ। जिप्रका कैलालीले बुधबार सूचना जारी गर्दै आज राति १२ बजेदेखि अनिश्चितकालका लागि लागु हुने गरी कडाइका विभिन्न निर्णय गरेको छ। 

National life

कोभिड–१९ रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिस एवं गृह मन्त्रालयको निर्णय, सङ्क्रामक रोग नियन्त्रण ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ले दिएको अधिकार प्रयोग गरी प्रशासनले विभिन्न निर्णय गरेको हो। 

सार्वजनिक स्थलमा मास्कको प्रयोग र साबुन पानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना अनिवार्य गराउन प्रशासनले आदेश जारी गरेको छ। यस्तै, भीडभाड तथा राजनीतिक गतिविधिमा रोक लगाइएको छ। सार्वजनिक ठाउँमा अब २५ जनाभन्दा बढी भेला हुन पाइने छैन।

सार्वजनिक स्थलमा जाँदा माघ ७ गतेदेखि खोप लगाएको कार्ड देखाउनुपर्ने नियम लागु गरिएको छ। यस्तै, माघ १५ सम्म विद्यालय बन्द रहनेछन्। पूर्वनिर्धारित सेमेस्टर तथा वार्षिक परीक्षाहरूको हकमा भने स्वास्थ्य मापदण्ड पालना हुने गरी सञ्चालन गर्न अनुमति दिइएको छ।

काठमाडौं उपत्यकामा पनि तीनै जिल्ला प्रशासन कार्यालयले आदेश जारी गर्दै विभिन्न क्षेत्रमा कडाइ गरेका छन्।

Shivam cement


प्रकाशित: Jan 12, 2022| 17:45 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।