शनिबार, वैशाख १५, २०८१
  • गृहपृष्ठ
  • प्रदेश
  • कोरोनाको तेस्रो लहर नियन्त्रणको फितलो तयारी, सिमानामा जोखिम कायमै

कोरोनाको तेस्रो लहर नियन्त्रणको फितलो तयारी, सिमानामा जोखिम कायमै

दैनिक हजारौं ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा यात्रुहरु आउँदा प्रतिक्षलय पनि छैन र बच्चासहितका आमाहरुलाई स्तनपान गराउन सक्ने व्यवस्थापन पनि नभएको हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछन्। धाराविनाको हेल्प डेस्क, संक्रमित र चिकित्सकहरुले प्रयोग गर्ने शौचालय समेत एउटै रहेकाले आउने-जाने र चिकित्सकहरु पनि संक्रमणको उच्च जोखिममा छन्।
 |  बुधबार, पुस २८, २०७८

जियालाल साह

जियालाल साह

बुधबार, पुस २८, २०७८

वीरगंज- छिमेकी मुलक भारतमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ। नेपालमा पनि संक्रमण तीव्र बन्दै गएको छ। 

triton college

नेपाल सरकारले संक्रमण रोक्न देशका प्रमुख नाका वीरगंजसहित भैरहवा, विराटनगर र नेपालगञ्जमा हेल्प डेस्क स्थापना गरी चेकजाँच प्रक्रिया अगाडि बढाएको छ। तर हेल्प डेस्कको अवस्था भने विजोग रहेको छ।

कोरोना महामारीले विभिन्‍न देश अक्रान्त हुँदै गएको बेला सरकारले देशका नाकाहरुमा तयारी बिना हेल्प डेस्क स्थापना गरी 'झारा टार्ने' काम गरेको छ। देशको प्रमुख नाका वीरगंजको ईनर्वा भन्सार चौकी अगाडी स्थापना गरिएको हेल्प डेस्कमा चिकित्सकहरु तयारी बिना नै खटिएका छन्। प्रत्येक दिन संक्रमितको संख्या बढ्दै गए पनि यसको व्यवस्थापनका लागि सरकारले तयारी भने गरिएको देखिँदैन। 

तीन सिफ्टमा चिकित्सकहरु खटिने गरेपनि न त संक्रमितको लागि कुनै ठोस योजना बनाएको छ, न त  चिकित्सकका लागि नै। देशको प्रमुख प्रवेशद्वारा वीरगंजमा कोरोना महामारीले पहिलो चरणमा ३ हजार १८४ जना संक्रमित र ५५ जनाको मृत्यु भएको थियो भने दोस्रो चरणमा ३ हजार ५२२ जना संक्रमित र १४२ जनाको मृत्यु भएको थियो। तेस्रो लहरको भेरियेन्ट आइसक्दा पनि सम्बन्धित पक्षले ध्यान नपुर्‍याउँदा जोखिम कम भएको देखिँदैन। 

शित खसिरहेकाले टाढाबाट आउने यात्रुहरु प्रतिक्षा गर्न नसक्ने भएकाले समस्या भइरहेको हेल्प डेस्कका कर्मचारीहरु बताउँछन्। टेष्ट गरेर हात धुने र बाथरुममा समेत पोजेटिभ र नगेटिभका साथ-साथै स्टाफहरुलाई समेत सोही शौचालय प्रयोग गर्नुपरेको हेल्प डेस्कका ईन्चार्ज डा. अनिता महतोले बताइन्।

corrent noodles
Metro Mart

वीरगंज सीमा क्षेत्रमा स्थापना गरिएको हेल्पडेस्क।

भन्सारस्थित हेल्प डेस्कमा कठ्याङ्ग्रिँदो शितलहरमा पाल झुण्डयाइएको छ, जसमा एकजना डाक्टरको जिम्मेवारीमा दुई जना स्टाफ नर्स, दुई जना हेल्थ एसिस्टेन्स, चार जना ल्याब एसिस्टेन्स र दुई जना अफिस एसिस्टेन्स खटाइएको छ। तर सो अनुसारको यात्रु चेकजाँच र संक्रमित भएको खण्डमा तिनीहरुलाई राख्‍ने वा पठाउने खालको व्यवस्थापन गरिएको छैन।

दैनिक हजारौं ओहरदोहर गर्ने प्रमुख नाका रहेको हेल्प डेस्कमा यात्रुहरु आउँदा प्रतिक्षलय पनि छैन र बच्चासहितका आमाहरुलाई स्तनपान गराउन सक्ने व्यवस्थापन पनि नभएको हेल्प डेस्कका स्टाफ नर्स सुनन्दा सिंह बताउँछन्। धाराविनाको हेल्प डेस्क, संक्रमित र चिकित्सकहरुले प्रयोग गर्ने शौचालय समेत एउटै रहेकाले आउने-जाने र चिकित्सकहरु पनि संक्रमणको उच्च जोखिममा छन्। 

हेल्थ डेस्कमा को-कहाँबाट आएको त्यसको आधारकार्ड र जाने स्थान सोधेर उनीहरुको डाटा कलेक्सन गर्ने र चेकजाँच गरेर नगेटिभ आए नेपाल भित्रन दिने र पोजेटिभ आएमा भारतीयलाई नेपाल प्रहरीको पहलमा फिर्ता पठाउने गरेको बताइएको छ।  नेपालीको हकमा भने वीरगंजका लागि व्यवस्थापन गर्न वीरगंज महानगरले गर्ने गरेको छ भने अन्य जिल्लाको हकमा भने कुनै ठोस निर्देशन नभएकाले समस्या भइरहेको हेल्प डेस्कका ईन्चार्ज डा. अनिता महतोले बताइन्। 

नेपालमा फेब्रुअरीमा ओमिक्रोन फैलिने चिकित्सकहरुको आँकलन रहे पनि यसको सतर्कताका लागि अझै प्रभावकारी कदम भने सरकारकोतर्फबाट चालिएको छैन। दुई सिफ्टको चेकजाँचमा प्रत्येक दिन संक्रमित बढ्दै गएको तर संक्रमितलाई के गर्ने भन्‍ने निर्क्योल सरकारले गर्न सकेको छैन। जनप्रतिनिधिहरु पनि मूकदर्शक मात्रै बनेका छन्।

प्रकाशित: Jan 12, 2022| 18:00 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।