शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आईएफआईसीको सेयर चौधरी समूहले किन्न नपाउने अदालतको आदेश

आईएफआईसीको सेयर चौधरी समूहले किन्न नपाउने अदालतको आदेश

बंगलादेशको ढाकास्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरिद प्रक्रिया रोक्न काठमाडौैं जिल्ला अदालतले आदेश दिएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– बंगलादेशको ढाकास्थित आईएफआईसी बैंकको स्वामित्वमा रहेको नेपाल बंगलादेश बैंकको ४१ प्रतिशत सेयर खरिद प्रक्रिया रोक्न काठमाडौैं जिल्ला अदालतले आदेश दिएको छ।

सन्राइज बैंकका अध्यक्षसमेत रहेका व्यवसायी मोतीलाल दुगडले दायर गरेको रिटमा अदालतले यस्तो आदेश दिएको हो। साथै सात दिनभित्र विपक्षी नेपाल बंगलादेश बैंकलाई लिखित जवाफ पेश गर्न पनि अदालतले आदेश दिएको छ।

आफूसँग भएको सम्झौताविरुद्ध आईएफआईसी बैंकले नेपाल बंगलादेश बैंकको स्वामित्व अर्कै पक्षलाई बिक्री गर्ने तय भएपछि दुगड अदालत पुगेका थिए। आईएफआईसीको स्वामित्वमा रहेको सेयर विनोद चौधरी अध्यक्ष रहेको चौधरी समूहले खरिद गर्न लागेको थियो। विनोदकी श्रीमती सारिकाको नाममा सेयर खरिद गर्ने सम्झौता भएको थियो।

दुगडले नेपाल बंगलादेश बैंक, आईएफआईसी र नेपाल राष्ट्र बैंकलाई विपक्षी बनाएर अदालतमा मुद्दा हालेका थिए। दुगड समूहले राष्ट्र बैंकको नियमन विभागमा पनि यस सम्बन्धमा उजुरी गरेको थियो।

नेपाल बंगलादेश बैंकले आईएफआईसीका तर्फबाट गत असार २९ गते सार्वजनिक सूचना जारी गर्दै सेयर खरिदका लागि विद्यमान सेयरधनीलाई आह्वान गरेको थियो। सेयर खरिदका लागि एनबी समूहका तर्फबाट आवेदन परेको थियो। उनीहरु सेयर खरिद गर्न योग्य नभएको राष्ट्र बैंकले भनेपछि तेस्रो पक्षलाई बिक्री गर्ने योजना अगाडि बढेको थियो।

त्यही योजनाअनुसार आईएफआईसीले आफ्नो सम्पूर्ण सेयर दुगडले नेतृत्व गर्ने समूहलाई बिक्री गर्न गत अप्रिल २ तारिखमा औपचारिक सम्झौता भएको थियो। दुगड समूहले प्रतिकित्ता १५७ रुपैयाँमा सेयर किन्ने सम्झौता गरेको थियो। 

तर, सम्झौताविपरीत आईएफआईसीले चौधरी समूहसँग सेयर बिक्रीको सम्झौता गरेपछि दुगड समूह अदालत गएको हो।

प्रकाशित: Jan 12, 2022| 16:35 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्