शुक्रबार, चैत ६, २०८२

त्रिवि बीआईटी प्रवेश परीक्षा फाराम खुला, अब १२ वटा आंगिक क्याम्पसमा कार्यक्रम

प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीले मात्र बीआईटी कार्यक्रममा भर्ना हुन पाउने डिन कार्यालयले जनाएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

National life
Laxmi sunrise bank
kumari

काठमाडौं – त्रिभुवन विश्वविद्यालय ब्याचलर इन इनफर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रमको नयाँ शैक्षिक सत्रका लागि प्रवेश परीक्षाको फाराम खुला गरेको छ। प्रवेश परीक्षामा सहभागी हुन विद्यार्थीले कक्षा ११ र १२ मा जुनसुकै समूहबाट अंग्रेजी र १०० पूर्णाङ्कको गणित विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण भएको हुनुपर्ने त्रिवि विज्ञान तथा प्रविधि अध्ययन संस्थान डिनको कार्यालयले जनाएको छ। कक्षा ११ र १२ मा सीजीपीए २.० प्राप्त गरेकोे वा ३ वर्षे डिप्लोमामा १०० अंकको अंग्रेजी वा गणित विषय लिई दोस्रो श्रेणीमा उत्तीर्ण गरेको विद्यार्थीले माघ ३ गतेबाट फागुन ४ गतेसम्म प्रवेश परीक्षाको आवेदन फाराम भर्न सक्ने डिन कार्यालयले जनाएको छ। 

त्रिविले यस वर्षदेखि बीआईटी कार्यक्रम रामस्वरूप रामसागर बहुमुखी क्याम्पस जनकपुर, पद्मकन्या क्याम्पस काठमाडौं र ठाकुरराम बहुमुखी क्याम्पसमा गरी तिनवटा क्याम्पसमा थप गर्दै १२ वटा आंगिक कलेजबाट पठनपाठन गर्ने तयारी गरेको छ। 

कार्यक्रम सञ्चालनका लागि प्रत्येक आंगिक क्याम्पसमा ३६ जना विद्यार्थीका लागि कोटा निर्धारण गरिएको छ। यसअघि त्रिविको अमृत साइन्स क्याम्पस, भक्तपुर बहुमुखी क्याम्पस, केन्द्रीय प्रविधि क्याम्पस, पाटन बहुमुखी क्याम्पस, महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज, सिद्धार्थ साइन्स क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र वीरेन्द्र बहुमुखी क्याम्पस गरी ९ वटा क्याम्पसमा बीआईटी कार्यक्रम सञ्चालन गर्दै आएको थियो। प्रवेश परीक्षामा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीले मात्र बीआईटी कार्यक्रममा भर्ना हुन पाउने डिन कार्यालयले जनाएको छ। 


प्रकाशित: Jan 12, 2022| 17:30 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्