शुक्रबार, असोज १६, २०८३

आठ अर्बको कारोबार हुँदा नेप्सेमा ३० अंकको गिरावट

बुधबार सेयर बजार परिसूचक (नेप्से) ३०.५१ अंकले घटेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– बुधबार सेयर बजार परिसूचक (नेप्से) ३०.५१ अंकले घटेको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएकोमा नेप्से भने घटेर २८०३.६२ मा झरेको छ। 

बुधबार विभिन्न कम्पनीका १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता सेयर कारोबार भएको नेप्सेले जानकारी दिएको छ। नेप्सेका अनुसार बुधबार कारोबार भएका मध्ये व्यापार समूह, म्यानुफ्याक्चर तथा उत्पादन समूह र इन्भेष्टमेन्ट समूहको सेयर बढेको छ।

वाणिज्य बैंक, विकास बैंक, होटेल, हाइड्रो लगायतका अन्य समूहको कारोबारमा गिरावट आएको नेप्सेले उल्लेख गरेको छ।


प्रकाशित: Jan 12, 2022| 15:25 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्