शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्री वाइफाइ हटस्पटमा १०० जीबी निःशुल्क पाउने

खल्ती प्रयोगकर्ताले वर्ल्डलिंकको फ्री वाइफाइ हटस्पटमा १०० जीबी निःशुल्क पाउने

अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर ल्याएको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती’ ले “खल्ती मा १०० जीबी” अफर  ल्याएको छ। यस अन्तर्गत ‘खल्ती’ प्रयोगकर्ताहरुले वर्ल्डलिंकका १४,०००ं हटस्पटहरुमा  १०० जीबी फ्रि वाईफाई  ३० दिनको प्रयोग गर्न सक्नेछन्।

१०० जीबी फ्री वाईफाई एक्टिभेट गर्न अघि खल्ती प्रयोगकर्ताले वर्ल्डलिङ्कको फ्रि वाइफाइमा लागि रजिस्टर भने गरेको हुनुपर्नेछ। रजिस्टर गरे पश्चात खल्ती एपको ‘पपुलर सर्विसेस’ मा रहेको “खल्ती मा १०० जीबी” आइकनमा गई “गेट १०० जीबी फ्रि वाईफाई” मा ट्याप गरी एक्टिभेट गरेपछि आउँदो ३० दिनसम्म फ्रि वाईफाई प्रयोग गर्न सकिनेछ।

प्रयोगकर्ताको दर्ता गरिएको खल्ती आईडी र वर्ल्डलिंक फ्री वाइफाइमा रजिस्टर्ड आईडी भने एउटै हुनुपर्नेछ। यो अफर पौष २७ देखि माघ २६, २०७८ सम्म लागु हुनेछ। यस सुविधा मार्फत नेपालमा उपलब्ध भएको १४,००० भन्दा बढी ठाउँहरुबाट जुनसुकै समयमा पनि सजिलै इन्टरनेटको सुविधा प्राप्त हुनेछ। 

प्रकाशित: Jan 12, 2022| 17:05 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्