शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • माछापुच्छ्रे बैंकद्वारा प्रहरी वृत्त लैनचौरलाई ब्यारीगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकद्वारा प्रहरी वृत्त लैनचौरलाई ब्यारीगेट हस्तान्तरण

माछापुच्छ्रे बैंकले महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ।
 |  बुधबार, पुस २८, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, पुस २८, २०७८

काठमाडौं– माछापुच्छ्रे बैंकले महानगरीय प्रहरी बृत्त लैनचौरलाई तीन ओटा रोड ब्यारीगेट हस्तान्तरण गरेको छ। 

महानगरीय प्रहरी बृत्त लैनचौरले आयोजना गरेको एक कार्यक्रममा माछापुच्छ्रे बैंकका बागमती प्रदेश प्रमुख निरजमान सैजुले उक्त रोड ब्यारीगेट हस्तान्तरण गरेका थिए।

कार्यक्रममा महानगरीय प्रहरी वृत्त लैनचौर सोहृखुट्टेका प्रमुख प्रहरी नायव उपरीक्षक दुर्गा प्रसाद खनालको पनि उपस्थिति रहेको थियो। 

बढ्दो सडक दुर्घटनालाई मध्यनजर गर्दै सर्वसाधरणको सुरक्षाको लागि सडक ब्यारीगेट हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापादेखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६३ वटा शाखाहरु र १५७ शाखारहित बैकिङ्ग सेवा, ६ एक्सटेन्सन काउन्टर समेत गरी जम्मा ३२६ स्थानवाट १० लाख भन्दा बढी ग्राहकहरुमा सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिरहेको छ। साथै, बैंकको देशभर २०० बटा एटीएमहरु सञ्चालनमा रहेका छन्।


प्रकाशित: Jan 12, 2022| 16:40 बुधबार, पुस २८, २०७८
प्रतिक्रिया दिनुहोस्