काठमाडौं– नबिल बैंकले नेपालमै पहिलोपटक आयोजना हुन गइरहेको “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्धी राष्ट्रिय संवाद” मा सहकार्य गर्ने भएको छ। त्यसका लिग आर एन्ड डी इनोभेटिभ सोलुसन्स प्रालिसँग बैंकले सम्झौता गरेको छ ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघले आगामी माघ ५ देखि ८ गतेसम्म चितवन एक्स्पो सेन्टर नारायणगढमा आयोजना गर्न लागेको पाँचौ राष्ट्रिय कृषि यान्त्रीकरण प्रदशनीमै एकैसाथ “कृषि कर्जा मेला” तथा “कृषि लगानी सम्बन्ध राष्ट्रिय संवाद”को आयोजना गर्न लागिएको छ ।
उक्त सहकार्यका लागि बैंकको तर्फबाट साना तथा मझौला उद्यम तथा लघुवित्त कर्जा विभाग प्रमुख निरज कुमार बस्नेत र आर एण्ड डी इनोभेटिभ सोलुसन्स प्रालिका तर्फबाट अध्यक्ष सुनिता न्हेम्हाफुकीले सम्झौता पत्रमा हस्ताक्षर गरेको जनाइएको छ ।