काठमाडौं– विगत ३४ वर्ष देखि नमकिन दालमोठ भुजिया पिनट्स र विभिन्न प्रकारका तयारी चमेना उत्पादन गरि नेपाली उपभोक्ता माझ पुगेको रिजाल्स नमकिनले हालै नेपाली बजारमा पोटेटो चिप्सको पनि बिक्री वितरण शुरु गरेको छ।
कम्पनीका प्रवन्ध निर्देशक पुरुषोत्तम रिजालका अनुसार नयाँ र स्मार्ट प्रविधिको अत्यधुनिक मेसिनबाट उत्पादित चिप्सलाई क्रिम ओनियन, नेपाल क्लासिक र साल्टेड गरि विभिन्न तिन स्वादमा विगत केही महिनादेखि परीक्षण उत्पादनका रुपमा नेपाली उपभोक्ता माझ प्रस्तुत गरिएकोमा उपभोक्ताहरुबाट राम्रो र उत्साहजनक प्रतिक्रिया प्राप्त भैरहेको छ।
रिजालले भने, ‘उच्चतम प्रविधिको प्रयोग त छँदैछ, यसमा प्रयोग गरिने कच्चा पदार्थ पनि गुणस्तरीय हुनुका साथै आकर्षक प्याकेजिङका कारण हामी विदेशी आयातित चिप्सलाई सजिलै प्रतिस्थापन गर्न सक्ने छौं।’