काठमाडौं– शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानमा ३ हजार ४५ निर्माणकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम गरेको छ।
अन्तरक्रियासँगै दैनिक निर्माण कार्यमा खटिने उक्त निर्माणकर्मीहरुको ५ लाख बराबरको जोखिम बिमासमेत गराएको कम्पनीले जनाएको छ।
निर्माणकर्मीहरुलाई दक्ष एबम् अनुभवी प्राविधिकबाट सिमेन्ट सम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीहरुलाई दिनहुँ आईपर्ने निर्माण सम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारण सम्बन्धी विषयमा जानकारी गराइएको थियो।
सो अन्तरक्रिया कार्यक्रममा भवन निर्माण सम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीहरुका लागि ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।