काठमाडौं- सनराइज बैंकले काठमाडौं कलंकीको शाखा नयाँ ठाउँमा स्थानान्तरण गरेको छ । पहिला बैंक रहेको स्थानबाट ५० मिटरको दूरीमा शाखा कायम गरिएको छ ।
आईतबार एक कार्यक्रम बीच बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यको उपस्थितिमा बैंकका संचालक समितिका संचालकहरु बच्छराज तातेड र ज्योति कुमार बेगानीले कलंकी शाखाको संयुक्त रुपमा समुद्घाटन गरे ।
बैंकले छिटो, सुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा ग्राहकहरू समक्ष पुर्याउने उद्देश्यले पायक पर्ने ठाँउमा उक्त शाखा स्थानान्तरण गरेको हो ।
हाल सनराइज बैंकले मुलुकभर आफ्नो ९० वटा शाखा, एक सयवटा एटिएम, २२ वटा शाखारहित बैंकिङ् सेवा र ३ वटा एक्सटेन्सन काउण्टर मार्फत आफ्ना ४ लाखभन्दा बढि ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।
साथै मर्चेन्ट बैकिङ्ग तथा ईन्भेष्टमेन्ट बैकिङ्ग कार्य गर्नका लागि बैंकको सहायक कम्पनी सनराइज क्यापिटल छन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४