मंगलबार, वैशाख ९, २०८२

कोरोना संक्रमण : सीमा नाकाबाट भित्रिनेको व्यवस्थापनमा समस्या

गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरुले हैरानी खेप्नुपरेको बताए।
 |  मंगलबार, पुस २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

vianetvianet

सुदूरपश्‍चिम - पछिल्ला दिनमा कोरोना संक्रमण दर बढेसँगै सुदूरपश्चिम प्रदेशमा सीमा नाकाबाट भित्रिने नागरिकको सहज व्यवस्थापन गर्न चुनौती देखिएको छ। भित्रिने कतिपय व्यक्तिबाट अटेरी स्वभाव देखाउँदै धम्क्याउनेसम्मका व्यवहार भइरहँदा सहजरूपमा व्यवस्थापन गर्ने काममा चुनौती देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीले बताएका छन्। 

triton college

गौरीफन्टा सीमा नाका नजिकको डोकेबजारमा खटिएका प्रहरी नायब निरीक्षक दीपेन्द्र थापाले भित्रिने कतिपय व्यक्तिबाट जोरजबर्जस्ती गर्ने र धम्क्याउने व्यवहार भइरहँदा आफूहरुले हैरानी खेप्नुपरेको बताए।

'नाकामै गरिएको नमूना परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि महाराष्ट्रबाट आएका एक नेपालीलाई सम्झाइबुझाई आइसोलेसनमा पठाउने प्रयास गर्यौं,' उनले भने, 'तर निजले आफू कुनै हालतमा आइसोलेसनमा बस्न नजाने, बरु आफूमाथि गोली ठोक्न चुनौती दिँदै धम्क्याए।' खुला सीमाका साथै भित्रिने नागरिकबाट भइरहेको व्यवहारबाट कोरोना संक्रमण रोकथाम निकै चुनौतीपूर्ण बनेकाले यो रोगको रोकथामका लागि नाका नै बन्द गर्न आवश्यक देखिएको सीमामा खटिएका प्रहरी कर्मचारीको सुझाव छ। 

एक कर्मचारीले गुनासो गरे, 'मन्त्री, नेताहरु आएर आफूहरुलाई निर्देशन दिएर जान्छन्, सीमामा खटिएका प्रहरी र अन्य कर्मचारीले भोगेको पीडा बुझ्दैनन्।' भित्रिने नागरिकलाई धनगढीको कनरीमा स्थापना गरिएको आइसोलेसनमा पठाउने गरिएकामा पछिल्ला दिनमा भित्रिने कतिपयलाई होम आइसोलेसनमा समेत पठाउने थालिएको छ। भित्रिने धरै नागरिकलाई सम्बन्धितका अभिभावकको जिम्मा लगाएर सुरक्षितरूपमा होम आइसोलेसनमा पठाउने गरिएको छ।

कोरोनाको जोखिम बढे पनि सीमापारि भारतको गौरीफन्टा नजिकको वनगाउँ, पलियालगायतका बजारमा किनमेल गर्न जानेहरु घटेका छैनन्। उनीहरुको नमूना परीक्षणसमेत हुने गरेको छैन। जसका कारण यो रोगको संक्रमण रोकथाममा थप चुनौती देखिएको छ। पछिल्ला दिनमा कोरोना संक्रमणको बढी समस्या देखिएको भारतबाट सीमा नाका हुँदै भित्रिनेको सङ्ख्या बढ्दै जाँदा उनीहरुको सहज व्यवस्थापन गर्न चुनौती देखिएको हो।  

National life insurance

भित्रिने सबै नागरिकको एन्टिजेन परीक्षण गर्नमा सचेतता अपनाइएको भए पनि कतिपय व्यक्ति नमूना परीक्षण नगरी कर्मचारी र प्रहरीलाई छलेर भित्रिने गरेका पनि छन्। त्रिनगर सीमा नाका हेल्थ डेस्कका प्रमुख अहेब गणेश साउदले भने, 'नाका हुँदै भित्रिने कतिपय नागरिकबाट नमूना परीक्षण गराउन बेवास्ता भइरहँदा जोखिम रोकथाम गर्न निकै कठिन भएको छ।'

यो नाकामा सञ्चालित हेल्थ डेस्कमार्फत भइरहेको नमूना परीक्षणमा दैनिक दश प्रतिशतका दरले कोरोना पोजिटिभ बिरामी थपिँदै जाँदा संक्रमण दर पनि उकालो लागेको छ।  साउदले भने, 'यो नाकामा केही दिनयता नमूना परीक्षण भइरहेकामध्ये दैनिक दश प्रतिशतका दरले सङ्क्रमित थपिने गरेका छन्।'  लुकीछिपी भित्रिनेबाट यो रोगको जोखिम थप बढ्ने देखिएको छ। यो नाकाबाट भित्रिएका १२ व्यक्तिमा ‘ओमिक्रोन’ कोरोना भाइरसको संक्रमणको आशंकामा थप परीक्षणका लागि संकलित नमूना काठमाडौं पठाइएको छ।

 कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ तीव्ररुपमा फैलिएको भारतबाट सुदूरपश्चिम प्रदेशको त्रिनगर सीमा नाका (गौरीफन्टा), गड्डाचौकी, बैतडी र दार्चुला जिल्लाका सीमा नाका हुँदै फर्किने व्यक्तिको सङ्ख्या बढ्दै गएको छ। सदियौँदेखि सुदूरपश्चिम प्रदेशका नागरिकको मुख्य रोजगारी गर्न जाने देश भारत हो। खुला सीमा भएकै कारण अन्य विभिन्न नाकाबाट भइरहेको मानिसको आवागमनको निगरानी राखेर उनीहरुको नमूना परीक्षण गर्ने कामसमेत चुनौती देखिएको जनाइएको छ।

जोखिम बढे पनि रोकथामका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने गराउने, भीडभाड नगरी सामाजिक दूरी कायम राख्ने काममा नागरिकबाट लापर्बाही भइरहेको छ। हालसम्म सुदूरपश्चिम प्रदेशमा ५० प्रतिशतभन्दा बढी नागरिकले खोप पाइसकेका छन्।   

यसै बीच स्वास्थ्य निर्देशनालय दिपायलले पछिल्लो २४ घण्टामा गरिएको नमूना परीक्षणबाट सुदूरपश्चिम प्रदेशमा थप १९४ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ। सोमबार १५९ व्यक्तिमा यो रोगको संक्रमण भएको थियो। गएको २४ घण्टामा सङ्क्रमित पाँच जना उपचार व्यवस्थापनपछि घर फर्किएका छन्।

प्रकाशित: Jan 11, 2022| 20:50 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।