मंगलबार, वैशाख ९, २०८२

१६ वडामा आफ्नै भवनबाट स्वास्थ्य सेवा दिँदै धनगढी उपमहानगर

नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ।
 |  मंगलबार, पुस २७, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

vianetvianet

धनगढी– नागरिकलाई स्वास्थ्य सेवामा सहज पहुँच बढाउने उद्देश्यले निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरिएको छ।

triton college

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वड र नगर उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ ले वडा नम्बर ३ मा निर्माण गरिएको आधारभूत स्वास्थ्य केन्द्रको उद्घाटन गरेका हुन्। योसँगै उपमहानगरले नगरको १६ वडामा आफ्नै भवनबाट स्वास्थ्य सेवा दिन सफल भएको छ। 

स्वास्थ्य केन्द्रको उद्घाटन गर्दै नगर प्रमुख नृपबहादुर वडले सम्पूर्ण नगरबासीलाई स्वास्थ्य सेवामा सहज पहुँच गराउने उद्देश्यले नगरका हरेक वडामा स्वास्थ्य सेवा विस्तारमा लागेको बताए।

नगर प्रमुख वडले भने, ‘सम्भवतः १० दिनभित्रमा १९ वटै वडामा स्वास्थ्य कार्यालय हुन सक्छ। सबै वडामा स्वास्थ्य कार्यालय सञ्चालनको प्रकृयामा पुगेका छौं। सम्भवतः १० दिनभित्रमा सकिन्छ। यहाँ सुविधा सम्पन्न अस्पताल तमाम छन्। तर, प्रत्यक्ष जनतासँग सरोकार भएका कारणले यसको प्राथमिकता पहिलो हुनुपर्छ। यो स्वास्थ्य केन्द्र प्रत्येक नागरिकको घरमा पुग्नुपर्ने जरुरी छ। हामी प्रत्येकको घरमा पुग्नुपर्ने आवश्यक छ। जबसम्म हामी प्रत्येक घरमा पुग्न सक्दैनौं, यो स्वास्थ्य केन्द्र सञ्चालनको औचित्य छैन।

आजकै मितिदेखि सरोकारवाला निकायसँग बसेर यो वडामा कति वटा टोल छन्। त्यो टोलको योजना आजकै मितिमा टाँस गर्नुहोस्। हाम्रा स्वास्थ्यकर्मी त्यो टोलमा महिनामा कति पटक जानुपर्छ त्यहाँ जानुपर्छ। हरेक नागरिकले स्वास्थ्य उपचार पाउने पहिलो प्राथमिकता स्वास्थ्य चौकी हो। नत्र किन हामीले स्वास्थ्य केन्द्र सञ्चालन गर्ने? किन स्वास्थ्य केन्द्र स्थापना गर्ने? पहिलो सेवा नागरिकले हाम्रो स्वास्थ्य केन्द्रबाट लिनुपर्यो। यहाँ सेवा लिइसकेपछि हामीले कति त्यो मान्छेलाई सेवा दिन सक्यौं, हामीले नसकेको त्यही आधारमा अस्पतालले औषधी उपचार गर्ने अवस्था सिर्जना गर्नुपर्यो।’

National life insurance

नगर उपप्रमुख सुशीला मिश्र ‘भट्ट’ ले कर्मचारीलाई तनमन लगाएर सेवा दिन आग्रह गरिन्। ‘यहाँ पुगेर सबै कुरा हेर्दा निर्माण गर्ने कुरा धेरै छन्। त्यसैले यो केन्द्र सुरक्षित तरिकाले राख्न र गुणस्तरीय सेवा दिन सकौं।’ 

धनगढी उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले नगरको सबै वडामा उपमहानगरले स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको बताए। वडा नम्बर १, २ र ४ मा भाडामा भवन लिएर सेवा दिइरहेको र २, ५, ९, १४ र १८ मा भवन निर्माण भएर स्वास्थ्य सेवा दिइरहेको भए पनि उद्घाटन हुन बाँकी रहेको बताए।

प्रकाशित: Jan 11, 2022| 19:50 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।