काठमाडौं– माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ। काठमाडौंको टोखा,ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो।
जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउन चाकु खाने गरिन्छ। माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन्। चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए। उनले माघे संक्रान्ति नजिकिएकाले पनि धेरै मानिस चाकु किन्न आएको बताए।
चाकु उत्पादक महर्जनले भने, ‘पहिलाको जति थियो अहिले पनि त्यत्ति नै मूल्यमा छ। भक्तपुर र काठमाडौं सबैतिरबाट किन्न आएका छन्।’