शनिबार, जेठ २, २०८३

थप २४४४ जनामा कोराना, ३१३ जना संक्रमण मुक्त

नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

National life

काठमाडौं– नेपालमा पछिल्लो २४ घण्टामा थप २४४४ जनामा कोरोना भाइरस संक्रमण भएको छ। १४ हजार ३३ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८१ तथा एन्टिजेन विधिबाट ४६३ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यस अवधिमा संक्रमणबाट एक जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३१३ जना संक्रमणमुक्त भएका छन्। आज नेपालमा सक्रिय संक्रमितको संख्या ९५२२ रहेको मन्त्रालयको विवरणमा उल्लेख छ।


प्रकाशित: Jan 11, 2022| 16:17 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्