शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले राजीनामा दिए

नारायणहिटी संग्रहालयका कार्यकारी निर्देशकले राजीनामा दिए

नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं– नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले राजीनामा दिएका छन्।

दाहालले मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा राजीनामा बुझाएका हुन्। नारायणहिटी दरबार संग्रहालय परिसरमा बतास समूहलाई क्याफ्टेरिया बनाउन जग्गा भाडामा दिएको विषयमा दोषी पाइएपछि उनले राजीनामा दिएका हुन्। यसबारे विवाद उत्पन्न भएपछि त्यसको छानबिनका लागि पर्यटन मन्त्री प्रेम आलेको निर्देशनमा समिति बनेको थियो। 

२६ पुसमा समितिले विभागीय मन्त्री प्रेम आलेलाई छानबिन प्रतिवेदन बुझाएको थियो। छानबिन प्रतिवेदनमा बतास समूहलाई जग्गा भाडामा दिँदा कार्यकारी निर्देशक दाहालको कमजोरी भएको औंल्याइएको छ। यससँगै मिलेमतोमा सम्झौता भएको पनि उल्लेख गरिएको थियो।

प्रकाशित: Jan 11, 2022| 15:00 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्