आइतबार, असोज १८, २०८३

बाराका माछा किसानलाई मेगा बैंकको सहुलियत कर्जा

मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।
 |  शुक्रबार, साउन २२, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन २२, २०७८

काठमाडौं- मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ। 

मेगा बैंक, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछाकृषकलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। 

यस सम्बन्धी सम्झौता पत्रमा मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा मेगा बैंककी सिइओ अनुपमा खुञ्जेली, ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडका अध्यक्ष अमरबहादुर थिङ र सुनगाभा माछा कृषि सहकारी संस्थाका अध्यक्ष शिवहरी आचार्यले सम्झौता गरे। 

यो सम्झौताबाट बारा जिल्लाको कोल्हवी नगरपालिकामा रहेका माछापालक कृषक प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ। ए एण्ड डी आक्वा बिजनेश प्राइभेट लिमिटेडले माछापालक कृषकलाई प्राविधिक सहयोग र अन्य सामाग्री आपूर्ति गर्नेछ भने मेगा बैंकले सहुलियतपूर्ण कर्जा र अन्य आवश्यक कर्जाहरु सहज रूपमा उपलब्ध गराउनेछ। 

हलोदेखि हाइड्रोसम्म नारा बोकेको मेगा बैंकले माछापालक कृषकलाई सहुलियतपूर्ण कर्जाबाट प्रोत्साहन गरी माछामा नेपाललाई आत्मनिर्भर बनाउने उद्देश्यले यो सम्झौता गरिएको बैंकका अध्यक्ष शाहले बताए। मेगा बैंकले आगामी ५ वर्षका लागि तयार गरेको रणनीतिमा आयातलाई प्रतिस्थापन गर्ने गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने योजना बनाएको छ। 

मेगा बैंककी सिइओ खुञ्जेलीले बैंकिङ पहुँचमा नरहेका मध्यमवर्गीय र न्यून आय भएका नेपाली सदैव मेगा बैंकको प्राथमिकतामा रहेको बताइन्। बैंकले आम नागरिकलाई स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको बताउँदै सिइओ खुञ्जेलीले माछापालक किसानलाई वित्तिय सहायता गर्न पाउँदा खुशी लागेको बताइन्।

प्रकाशित: Aug 06, 2021| 08:34 शुक्रबार, साउन २२, २०७८
प्रतिक्रिया दिनुहोस्