शुक्रबार, असोज १६, २०८३

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ १७ पैसा र बिक्री दर ११८ रुपैयाँ ७७ पैसा कायम गरेको छ। 

युरो एकको खरिद दर १३३ रुपैयाँ ९ पैसा र बिक्री दर १३४ रुपैयाँ ५८ पैसा  कायम गरिएको छ। पाउन्ड स्टर्लिङ एकको खरिद दर १६० रुपैयाँ ६२ पैसा र बिक्री दर १६१ रुपैयाँ ४४ पैसा छ। यस्तै, स्विस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ३३ पैसा र बिक्री दर १२८ रुपैयाँ ९८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ १ पैसा र बिक्री दर ८५ रुपैयाँ ५३ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ६८ पैसा रहेको छ भने बिक्री दर ९४ रुपैयाँ १५ पैसा छ। 

जापानी येन १० को खरिद दर  १० रुपैयाँ २२ पैसा र बिक्री दर १० रुपैयाँ २८ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५४ पैसा र बिक्री दर १८ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ४८ पैसा र बिक्री दर ३१ रुपैयाँ ६४ पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ४६ पैसा र बिक्री दर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचनाामा उल्लेख छ। मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ १४ पैसा छ भने बिक्री दर २८ रुपैयाँ २८ पैसा रहेको छ। यसैगरी कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ८७ पैसा र बिक्री दर ९ रुपैयाँ ९२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ। 

प्रकाशित: Jan 11, 2022| 06:15 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्