शुक्रबार, चैत ६, २०८२

यी बानीले मिर्गौलामा हानी पुर्‍याउँछ

मिर्गौलाले पिसाबको माध्यमबाट शरीरबाट फोहोर बाहिर निकाल्ने काम गर्छ। यसका साथै शरीरमा रहेका सोडियम, पोटासियम र क्याल्सियम जस्ता सबै रसायनलाई सन्तुलनमा राख्नु पनि आवश्यक हुन्छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- शरीररको समग्र स्वास्थ्यलाई कायम राख्नका लागि सबै अंगहरू ठीकसँग काम गर्न आवश्यक मानिन्छ। मृगौला शरीरको एउटा यस्तो अंग हो, जसले रगत सफा राख्नुका साथै शरीरबाट विषाक्त पदार्थ बाहिर निकाल्न मद्दत गर्छ। 

National life

मिर्गौलाले पिसाबको माध्यमबाट शरीरबाट फोहोर बाहिर निकाल्ने काम गर्छ। यसका साथै शरीरमा रहेका सोडियम, पोटासियम र क्याल्सियम जस्ता सबै रसायनलाई सन्तुलनमा राख्नु पनि आवश्यक हुन्छ।

मिर्गौलाले केही हार्मोनहरू पनि उत्पादन गर्छ जसले रक्तचापलाई नियन्त्रण गर्ने गर्छ। स्वास्थ्य विज्ञहरूका अनुसार मृगौलामा कुनै पनि प्रकारको समस्या देखा पर्दा समग्र स्वास्थ्यमा असर पर्न सक्छ। पिसाबको आधारमा मिर्गौलाको समस्या पत्ता लगाउन सकिन्छ। हाम्रा कतिपय बानीले मृगौलाको कार्यमा असर पारेर धेरै समस्या निम्त्याउन सक्छ। 

धेरै प्रोटिन सेवन

प्रोटिनको सेवन शरीरको लागि अति आवश्यक मानिन्छ। यद्यपि यसको अधिकले मृगौलामा नकारात्मक प्रभाव पार्न सक्छ। प्रोटिनको अत्यधिक मात्राले रगतमा एसिडको मात्रा बढाउँछ जसले एसिडोसिस निम्त्याउन सक्छ। जसले मृगौला सहित धेरै अंगहरूमा हानिकारक प्रभाव पार्न सक्छ।

Laxmi sunrise bank
kumari

अत्यधिक रक्सीसेवन

रक्सीको अत्याधिक सेवन कलेजोका लागि हानिकारक मानिन्छ।अत्यधिक मदिरा सेवनले पुरानो मृगौला रोगको जोखिम दोब्बर बनाउन सक्छ। मदिराको अत्याधिक सेवनले पनि मृगौला फेल हुने समस्या बढ्छ।

पानीको मात्रा कम हुनु

जब शरीर हाइड्रेटेड हुन्छ मृगौलाले सजिलै शरीरबाट सोडियम र विषाक्त पदार्थहरु हटाउन सक्छ। एकै समयमा थोरै मात्रामा पानी पिउनाले धेरै प्रकारका विषाक्त पदार्थहरुको जोखिम बढाउँछ र मृगौलाको पत्थरीको समस्याको जोखिम पनि बढाउँछ। मृगौला स्वस्थ राख्न सबैले दैनिक ३-४ लिटर पानी पिउनुपर्छ। धेरै पानी पिउनाले पिसाबको निकास बढ्छ र मृगौलामा दबाब कम हुन्छ। अमरउजाला

प्रकाशित: Jan 11, 2022| 04:30 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्