मंगलबार, असोज २७, २०८३

साउन १ गतेदेखि सेयरको अनलाइन कारोबार

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- साउन १ गतेदेखि सेयरको अनलाइन कारोबार शुरु हुने भएको छ। त्यसको  लागि  नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले पूर्वाधार निर्माणको काम अन्तिम चरणमा पुर्‍याएको जनाएको छ। 

धितोपत्र बोर्डले धितोपत्र सुचिकरण तथा कारोबार नियमावली २०७५ लागू गरि प्रणाली लागू गर्न लागेको हो। ब्रोकरहरुले समेत सोही अनुसारको तयारी गरिरहेको  जानकारी दिनएका छन्।

सेयरको अनलाइन कारोबारको डेटा राख्नको लागि एक्सेस वल्र्ड टेक्नोलोजी र सिल्भर लाइनिङले सर्भर उपलब्ध गराउने भएको छ। 

यद्यपि, अनलाइन कारोबार प्रणालीको युजर एस्पेक्टेन्सी टेस्ट (यूएटी) भने भएको छैन। उक्त प्रणाली जबसम्म  प्रयोगमा आउदैन तबसम्म समस्या तथा जटिलताको बारेमा प्रयोगकर्तालाई थाहा नहुने भएकोले यूएटी टेस्ट नगरी पूर्ण कार्यान्वयनमा ल्याउन पानइदैन। 

त्यसकारण पूर्ण रुपमा अनलाइन ट्रेडिङको लागि केही समय पर्खनु पर्ने बताइएको छ। त्यस्तै साउन १ देखिनै ब्रोकरले लगानीकर्तालाई अनलाइन ट्रेडिङको युजर नेम र पासवर्ड दिन थाल्ने बताइएको  छ।  
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्