शुक्रबार, चैत ६, २०८२

योग अभ्यासको सुरुवात कसरी गर्ने?

शरीरलाई बलियो बनाउन र दिमागलाई शान्त पार्न योग अभ्यास गर्नु उत्तम विकल्प हुन सक्छ। सबैभन्दा राम्रो पक्ष यो हो कि योग कुनै पनि उपकरण बिना घरमा अभ्यास गर्न सकिन्छ।
 |  मंगलबार, पुस २७, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २७, २०७८

काठमाडौं- नियमित रूपमा योग अभ्यास गर्दा विभिन्‍न स्वास्थ्य सम्बन्धी फाइदाहरु लिन सकिन्छ। शरीरलाई बलियो बनाउन र दिमागलाई शान्त पार्न योग अभ्यास गर्नु उत्तम विकल्प हुन सक्छ। सबैभन्दा राम्रो पक्ष यो हो कि योग कुनै पनि उपकरण बिना घरमा अभ्यास गर्न सकिन्छ।

National life

सूर्य नमस्कार योग अभ्यास

सूर्य नमस्कार योगको अभ्यासले तपाईलाई शारीरिक र मानसिक स्वास्थ्य दुवै कायम राख्न लाभदायक हुन सक्छ। यस योगको अभ्यासले शरीरको लचकता बढाउनुका साथै रक्तसञ्चार सुधार गर्न पनि फाइदाजनक मानिन्छ।

बालासना योग अभ्यास

बालासन योगको अभ्यासलाई सामान्यतया सजिलो मानिन्छ र धेरै स्वास्थ्य लाभहरू छन्। यो मुद्रा पछाडि, कम्मर र हातको मांसपेशिहरु तन्काउनको लागि धेरै लाभदायक मानिन्छ। गहिरो सास फेर्ने अभ्यासको साथ बालासन योग अभ्यासले तपाईको दिमागलाई शान्त पार्न र चिन्ता र थकान कम गर्न मद्दत गर्दछ।

Laxmi sunrise bank
kumari

वृक्षासन योग अभ्यास

वृक्षासन योग वा ट्री पोजलाई सन्तुलन सुधार गर्नका साथै हिप वरपरका मांसपेशीहरु खदिलो बनाउन धेरै लाभदायक मानिन्छ। यो योग अभ्यासले कम्मर, तिघ्रा, नितम्ब अंगहरूलाई स्थिरता प्रदान गर्न मद्दत गर्दछ। योगको सुरुवाती दिनमा यी अभ्यासहरु गर्नाले धेरै नै फाइदा हुन्छ। अमरउजालाबाट

प्रकाशित: Jan 11, 2022| 05:00 मंगलबार, पुस २७, २०७८
प्रतिक्रिया दिनुहोस्