शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नारायणहिटीमा रेष्टुरेन्ट : ६.३४ आनाको सम्झौता, १४ रोपनी कब्जामा [छानबिन समितिको पूर्णपाठसहित]

नारायणहिटीमा रेष्टुरेन्ट : ६.३४ आनाको सम्झौता, १४ रोपनी कब्जामा [छानबिन समितिको पूर्णपाठसहित]

नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट निर्माण गर्दा तोकिएको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर निर्माण गरेको पाइएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- नारायणहिटी दरबार संग्रहालयभित्र बतास समूहले रेष्टुरेन्ट निर्माण गर्दा तोकिएको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर निर्माण गरेको पाइएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्रालयले गरेको छानबिनले उक्त तथ्य देखाएको हो। 

मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेल संयोजकत्वको छानबिन समितिले सोमबार विभागीय मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदनमा दरबार संग्रहालय व्यवस्थापन समितिले तोकेको क्षेत्रफलभन्दा बढी क्षेत्रफल ओगटेर रेष्टुरेन्ट निर्माण गर्न दिएको निष्कर्ष निकालिएको छ।

त्यस्तै ‘क्यान्टिन क्याफ्टेरिया सञ्चालनका लागि स्पष्ट सिमांकन गरिएको देखिएन,’ प्रतिवेदनको निष्कर्ष छ, ‘तोकिएको जग्गा भन्दा बढी क्षेत्र ओगटी निर्माण कार्य भएको देखिन्छ।’

यस्तो छ छानबिन समितिको प्रतिवेदन


प्रकाशित: Jan 10, 2022| 18:30 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्