शुक्रबार, असोज १६, २०८३

नेप्से परिसूचक १९.४३ अंकले वृद्धि

शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- शेयर बजार मापक नेप्से परिसूचक साताको दोस्रो दिन पनि वृद्धि भएको छ। पछिल्लो दुई सातादेखि निरन्तर रुपमा वृद्धि हुँदै आएको नेप्से परिसूचकले सोमबार पनि निरन्तरता पाएको छ। सोमबार नेप्से परिसूचक १९.४३ अंक बढेर २ हजार ७८४.९५ बिन्दुमा पुगेको छ। 

सोमबार ठूला कम्पनीको मूल्य मापक सेन्सेटिभ इण्डेक्स ३.१६ अंक, फ्लोट इण्डेक्स ०.६३ अंक बढेको छ।

सोमबार कारोबारमा आएका २३६ कम्पनीको १ करोड ४२ लाख ८८ हजार कित्ता शेयर ७ अर्ब १२ करोड ३४ लाख २४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। नेप्सेका १३ उपसमूहमध्ये १० उपसमूहको परिसूचक बढेको छ भने बाँकी  ३ उपसमूहको परिसूचक भने घटेको छ। जसमा अन्य उपसमूहको परिसूचक सबैभन्दा बढी  ५.४८ प्रतिशत बढेको छ। 

त्यस्तै, वित्त उपसमूह ३.३१ प्रतिशत बढेको छ।  व्यापार, जलविद्युत, निर्जीवन बीमा, जीवन बीमा, म्युचुअल फण्ड र लगानी उपसमूहको परिसूचक भने  १ प्रतिशतभन्दा बढी बढेको छ। यता होटल तथा पर्यटन उपसमूहको परिसूचक १.१८ प्रतिशत, बैंकिङ्गको ०.८२ प्रतिशत र उत्पादन तथा प्रशोधनको ०.६६ प्रतिशत घटेको छ।

आजको कारोबारमा तीन कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा मध्य भोटेकोशी जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यस्तै, खानीखोला र हिमालयन उर्जाको शेयर मूल्य भने ८ प्रतिशतभन्दा बढी बढेको छ।

आज प्रभु सेलेक्ट फण्डको इकाई मूल्य ३.१७ प्रतिशत घटेको छ। त्यसैगरी,चन्द्रागिरी हिल्स, कुमारी बैंक, नेपाल बङ्गलादेश बैंक, सेञ्चुरी कमर्सियल बैंक, आरएसडिसी लघुवित्त र सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरमूल्य २ प्रतिशतभन्दा बढी घटेको छ। कारोबार रकमका आधारमा २२ करोड ७७ लाख ४० हजार रुपैयाँभन्दा बढीको शेयर कोरोबार गरेर गोर्खाज फाइनान्स शीर्ष स्थानमा रहेको छ। 


प्रकाशित: Jan 10, 2022| 16:50 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्