शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • समृद्धिका लागि बिजुली उत्पादन र खपत बढाउनुपर्छ : मन्त्री भुसाल

समृद्धिका लागि बिजुली उत्पादन र खपत बढाउनुपर्छ : मन्त्री भुसाल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन्।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने तयारी गरेको बताएकी छन्।

सोमबार स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपालले काठमाडौंमा आयोजना गरेको ‘नेपाल पावर मार्केट समिट’ लाई सम्बोधन गर्दै मन्त्री भुसालले अन्तरदेशीय विद्युत व्यापारमा सहयोग पुर्याउनका लागि सरकारले निजी क्षेत्रलाई विद्युत व्यापारको लागि अनुमति दिने तयारी गरेको बताएकी हुन्।

सरकारले नेपाल विद्युत व्यापार कम्पनीलाई अन्तरदेशिय विद्युत व्यापारको लागि अनुमति दिइसकेको पनि उनले बताइन्। निजी क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिने सम्बन्धी कार्यविधि ड्राफ्ट गरिरहेको उल्लेख गर्दै उनले सरोकारवाला निकायहरुसँग पनि छलफल गरिने जानकारी दिइन्। 

मन्त्री भुसालले सरकारको पहिलो प्राथमिकता विद्युत खपतलाई वृद्धि गर्दै लैजानु भएको बताइन्। देशको समृद्धिका लागि विद्युतको उत्पादन र खपत वृद्धि गर्नुपर्नेमा उनको जोड छ। देशको प्रतिव्यक्ति विद्युत खपत न्यून रहेकाले कम्तिमा प्रतिव्यक्ति विद्युत खपत ७०० युनिट पुर्याउनुपर्ने उनले बताइन्।

विद्युत खपतलाई वृद्धि गर्नका लागि सरकारले विद्युतिय चुल्होको प्रयोग र विद्युतिय सवारी साधनको प्रवद्र्धन गर्ने नीति लिएको मन्त्री भुसालले स्पष्ट पारिन्। उनले बढी विद्युत खपत गर्ने उद्योग स्थापनाका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका नीजि क्षेत्रलाई आव्हान गरिरहेको बताइन्।

प्रकाशित: Jan 10, 2022| 16:50 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्