शुक्रबार, असोज १६, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • स्वास्थ्य सजगता अपनाएर कारोबार गर्न वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

स्वास्थ्य सजगता अपनाएर कारोबार गर्न वित्तीय संस्थालाई राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै सजगता अपनाएर कारोबार गर्न निर्देशन दिएको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिँदै सजगता अपनाएर कारोबार गर्न निर्देशन दिएको छ। पछिल्लो समय कोरोना भाइरसको नयाँ स्वरुप देखिएको स्मरण गराउँदै राष्ट्र बैंकले सजगता अपनाउन भनेको हो।

‘पछिल्ला केही दिनमा कोभिड–१९को संक्रमण नयाँ स्वरुपमा फैलिँदै गएको र सोही रुपमा नेपालमा समेत संक्रमण फैलिने संकेत देखिएकाले संक्रमणको जोखिमलाई न्यूनीकरण गर्दै आवश्यक स्वास्थ्य सतर्कतासहित बैंक तथा वित्तीय संस्थाको व्यावसायिक निरन्तरताको समेत सुनिश्चितता गर्नुपर्ने हुँदा यस बैंकबाट इजाजत प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले देहायका व्यवस्थाहरु अवलम्बन गरी पूर्ण सजगताका साथ कारोबार सुचारु गर्नु–गराउनु’ नेपाल राष्ट्र बैंकले सोमबार बैंक तथा वित्तीय संस्थाहरुको नाममा जारी गरेको सूचनामा उल्लेख छ।

सूचनामा स्वास्थ सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिमलाई न्यूूनीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गर्ने उल्लेख छ। त्यस्तै सेवाग्राहीको भीडभाड नहुने तथा भौतिक दूरी कायम हुने व्यवस्था मिलाई सेवा प्रवाह गर्न पनि निर्देश गरिएको छ।

प्रकाशित: Jan 10, 2022| 16:35 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्