शुक्रबार, चैत ६, २०८२

माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेको थियो। सोही आधारमा मन्त्रालयले सोमबार विद्यालय बन्द गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए। 

National life

उनले भने, ‘सीसीएमसीकै सिफारिस नै हामीले निर्णय गरेका हौं।’ मंगलबारबाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुनेछन्।

बिदाकै अवधिमा १२ देखि १७ वर्षसम्मका विद्यार्थी र १८ वर्षमाथिका सबै उमेर समूह र पूर्ण खोप लगाउन बाँकी शिक्षक, कर्मचारी तथा अभिभावकलाई खोप उपलब्ध गराउन सिफारिस गरिएको छ। विद्यालय बन्दको मोडालिटीसहितको पूर्ण जानकारीसहितको सूचना मन्त्रालयले जारी गर्ने तयारी गरेको छ।

विश्वविद्यालय र शैक्षिक प्रतिष्ठानका पूर्वनिर्धारित सेमेस्टर र वार्षिक परीक्षा जनस्वास्थ्य र सुरक्षाका मापदण्ड पालना हुने गरी सञ्चालन, परीक्षा केन्द्रमा मास्क र सेनिटाइजरको प्रयोग र भौतिक दूरीको प्रावधान कडाइका साथ परिपालना गराउने व्यवस्था मिलाउन शिक्षा मन्त्रालयसमक्ष सिफारिस गरिएको थियो।


Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 10, 2022| 14:29 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्