काठमाडौं- सोमबार सुनको मूल्य तोलामा तीन सयले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजावी सुन तोलामा ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहको महासंघले जनाएको छ।
सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ घटेको छ। आज चाँदी तोलामा १ हजार १२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।