काठमाडौं– नेपाल आयल निगमले आज (सोमबार) भनिएको वार्षिकोत्सव कार्यक्रम स्थगित भएको छ। निगमले सोमबारका लागि तय गरिएको ५२औं वार्षिकोत्सव कोरोना महामारीका कारण स्थगित भएको हो। ५२औं वार्षिकोत्सव मनाउने तयारी भइरहेका बेला आइतबार बसेको सीसीएमसीको निर्णयले विद्यालय बन्द गर्न सिफारिस गर्ने, भीडभाड गर्न नपाउने लगायतका सतर्कता अपनाउन सिफारिस गरेपछि निगमको कार्यक्रम पनि स्थगित गरिएको हो।
निगमका प्रवक्ता विनितमणि उपाध्यायले सीसीएमसीले कोभिड सम्बन्धमा गरेको सिफारिस अनुसार सतर्कता अपाउनुपर्ने भएकाले वार्षिकोत्सवका कार्यक्रम स्थगित गरिएको जानकारी दिए।