आइतबार, कात्तिक १, २०८३

श्रीमती साटासाट गर्ने सात जना पक्राउ, एक हजार जना गिरोहमा आबद्ध रहेको आशंका

भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, पुस २६, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, पुस २६, २०७८

काठमाडौं- भारतमा श्रीमती साटासाट गर्ने सात जनालाई प्रहरीले पक्राउ गरेको छ। केरलाको कोट्टायम नजिकै रहेको कारुकाचलमा श्रीमती साटासाट गरेको अभियोगमा प्रहरीले सात जनालाई पक्राउ गरेको जनाएको छ।

उनीहरूलाई आइतबार पक्राउ गरिएको भारतीय सञ्चारमाध्यममा उल्लेख छ। उनीहरूले पत्नीको साटासाट टेलीग्राम एपको माध्यमबाट गरिरहेको प्रहरी अधिकारीहरूले जनाएका छन्।

यस गिरोहमा एक हजारभन्दा बढी सदस्य रहेको बताइएको छ। एक महिलाले श्रीमानले आफूमाथि अप्राकृतिक मैथुन गर्ने र अन्य व्यक्तिसँग पनि सम्बन्ध बनाउन दबाब दिँदै आएको भन्दै प्रहरीमा उजुरी गरेकी थिइन्।

प्रहरीले उक्त घटनामाथि अनुसन्धान गर्दा गिरह बारे खुलासा भएको जनाएको छ। गिरोहका सदस्यहरूले टेलीग्राम, म्यासेन्जर एम आदिको प्रयोगबाट एक अर्कासँग सम्पर्क गर्नेगरेको पाइएको छ।

आरोपितहरूलाई कोट्टायम, अलप्पुझा र एर्नाकुलम जिल्लाबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। घटनामा संलग्न अन्य व्यक्तिको पनि खोजी भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित: Jan 10, 2022| 10:20 सोमबार, पुस २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

५४ जना सन्तानका पिता अब्दुल रहेनन्

५४ जना सन्तानका पिताको रुपमा चर्चित पाकिस्तानका अब्दुल मजिद मैंगलको निधन भएको छ।

पानी नपरेपछि जनप्रतिनिधिलाई बाँधियो मन्दिर पुर्‍याइयो

पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका किसानले जनप्रतिधिलाई बाँधेर मन्दिर पुर्‍याएका छन्।

बालेनका नाममा २८ केजीको खसी बाजी!

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहको नाममा दुई युवाले २८ केजीको खसी बाजी राखेका छन्।

जब छोरा पाउने विश्वासमा गर्भवतीको टाउकोमा किला ठोकियो...

२१औं शताव्दीमा पनि मानिस धार्मिक अन्धविश्वासमा रहेका छन्। धार्मिक अन्धविश्वासकै कारण पाकिस्तानमा एउटा अनौठो घटना घटेको छ।

जसले १० करोड रङलाई चिन्न सक्छिन्

कन्सेटा एन्टिकोका आँखामा चौथो कलर रिसेप्ट छ। जसले गर्दा उनले १० करोड रङलाई चिन्न सक्छिन्।