मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

प्रदेश १ : कोरोना संक्रमणको ग्राफ उकालो लाग्दै

सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार पुस २५ गते ५६, पुस २४ गते ४३, २३ गते ४६, २२ गते २३, २१ गते २१, २० गते १६ र १९ गते २७ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या बढ्दो मात्रा देखिएको छ। आईतबारको तथ्याङ्क अनुसार संक्रमण दर १३ दशलमव १४ प्रतिशत रहेको छ।
 |  आइतबार, पुस २५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

विराटनगर - प्रदेश १ का दैनिक कोरोना संक्रमितको संख्या बढ्दै गएको छ। पछिल्लो एक सातामा २३२ जना संक्रमित थपिएका छन्। पीसीआर र एन्टिजेन दुवै गरि एक सातामा ३ हजार १४४ जनाको कोरोना परीक्षण गरिएको छ। एक जनाको मृत्यु भएको छ। एक साताको अवधिमा ८५ जना संक्रमणमुक्त भएका छन्। 

triton college

सामाजिक विकास मन्त्रालयकी जनस्वास्थ्य अधिकृत ओमकुमारी राजवंशीका अनुसार पुस २५ गते ५६, पुस २४ गते ४३,  २३ गते ४६, २२ गते २३, २१ गते २१, २० गते १६ र १९ गते २७ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयको तथ्यांक अनुसार संक्रमितको संख्या बढ्दो मात्रा देखिएको छ। आईतबारको तथ्याङ्क अनुसार संक्रमण दर १३ दशलमव १४ प्रतिशत रहेको छ। 

प्रदेश सरकारले कोरोना संक्रमितका लागि १ हजार ३६ बेड तयारी अवस्थामा रहेको जनाएको छ। ३१ अस्पतालका बेड तयारी अवस्थामा रहेको जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर बस्‍नेतले बताए। उनका अनुसार ११७ भेन्टिलेटर सहित १६९ आईसीयू, ३५७ एचडियू, २५१ आईसोलेसन र ३५९ नर्मल वेड तयारी अवस्थामा छन्। २ हजार क्षमताको होल्डिङ सेन्टरको निर्माण कार्य अन्तिम पनि चरणमा पुगेको बताईएकोछ। झापाको मेचीनगर र विराटनगरमा निर्माण भईरहेको होल्डिङ सेन्टर निर्माण कार्य अन्तिम चरण पुगेको बताइएको छ। 

प्रदेश १ मा ४८ दशलमव ८३ प्रतिशतले पूर्णमात्राको खोप लगाएका छन्। १८ वर्ष माथिका ७४ दशमलव ५७ प्रतिशतले कोभिड १९ विरुद्धको पहिलो खोप र ४८ दशलमव ८३ प्रतिशतले दोश्रो मात्रा खोप लिएको प्रदेश १ जनस्वास्थ्य निर्देशक ज्ञानबहादुर वस्नेतले बताए। खोप लगाएहरुले स्वास्थ्य सुरक्षा मापदण्डमा ध्यान नदिँदा जोखिम बढ्ने देखिएको स्वास्थ्य कार्यालय मोरङका प्रमुख डा. सुरेश मेहताले बताए। खोप लगाएको छु भनेर लापरवाही गरेको पाईएको उनले बताए। समयमै स्वास्थ्य मापदण्ड पालना गरे संक्रमणबाट बच्न सकिने उनले बताए।

प्रकाशित: Jan 09, 2022| 19:30 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।