मंगलबार, वैशाख ९, २०८२

सुदूरपश्‍चिमका सबै पालिकामा आइसोलेशन वार्ड बनाउन पत्राचार

आइतबार कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए।
 |  आइतबार, पुस २५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

vianetvianet

धनगढी- सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना भाइरस नियन्त्रणका लागि प्रदेश सरकार लागिपरेको बताएका छन्। आइतबार कञ्चनपुरको गड्डाचौकीमा रहेको अस्थायी होल्डिङ सेन्टर र कोरोना परीक्षणस्थलको अनुगमन गर्दै मन्त्री खड्काले सुदूरपश्चिमका ८८ वटै पालिकामा २५ शय्याको आइसोलेशन वार्ड बनाउन पत्राचार गरिएको बताए।

triton college

'प्रदेशले प्रशासनमार्फत स्थानीय पालिकामा आइसोलेशन बनाउन पत्राचार गरिसकेको छ,' उनले भने, 'नाकामा परीक्षण व्यस्थित ढङ्गले भइरहेको छ ।'

उनले गम्भीर खालका सङ्क्रमितलाई सेती र महाकाली प्रादेशिक अस्पतालमा रहेको कोरोना अस्पतालमा राखेर उपचारको प्रबन्ध मिलाइएको बताए। 'सङ्क्रमित र सामान्य लक्षण भएकालाई होल्डिङ सेन्टरमा राखिनेछ,' उनले भने, 'भारत आवतजावत गर्न यो नाका सहज भएकाले देशभरिका नागरिकले प्रयोग गर्दा स्वाभाविक रुपले जोखिम र सङ्क्रमण बढी देखिएको हो।'

मन्त्रीसहितको टोलीले यहाँको भगतपुरमा निर्माण भइरहेको होल्डिङ सेन्टर र महाकाली प्रादेशिक अस्पतालको समेत स्थलगत अनुगमन गरेको छ। होल्डिङ सेन्टर निर्माणको जिम्मेवारी पाएको हनुमान कन्सट्रक्सनका प्रतिनिधि लक्ष्मण सापकोटाले होल्डिङ सेन्टरको ९० प्रतिशत काम सकिएको दाबी गरे।

एक हजार शय्याको होल्डिङ सेन्टरमा तीन सय शय्या तयारी अवस्थामा राखिसकिएको उनले बताए। यद्यपि होल्डिङ सेन्टर कसले सञ्चालनमा ल्याउने भन्ने विषय टुङ्गो लागिसकेको छैन। होल्डिङ सेन्टरमा सडक ग्राभेल, बिजुलीलगायत संरचना निर्माणका लागि ध्यान नपुगेको सापकोटाको भनाइ छ।

National life insurance

पछिल्लो साता गड्डाचौकी नाकाबाट स्वदेश फर्किनेहरुमा कोरोना सङ्क्रमण बढ्न थालेसँगै सङ्क्रमण समुदायस्तरमा फैलिने जोखिम बढेको छ। आइतबार मात्रै यहाँ दुई भारतीयसहित १६ जनामा नाकामा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ।

प्रकाशित: Jan 09, 2022| 21:40 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।