शुक्रबार, असोज १६, २०८३

साताको पहिलो कारोबार दिन ७३ अंकले बढ्यो नेप्से

साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ७३ अकंले बढेको छ।
 |  आइतबार, पुस २५, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

काठमाडौं– साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक (नेप्से) ७३ अकंले बढेको छ।

आइतबार ७ अर्ब १० करो८ १८ लाख ३१ हजार ५९१ रुपैयाँको कारोबार भएको सेयर बजार परिसूचक (नेप्से) ७३.०५ अंकले वृद्धि हुँदै २७६५.५१ अंकमा पुगेको हो। 

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार १ करोड ५० लाख ५८ हजार ६२१ कित्ता सेयर कारोबार भएको छ। आइतबार सबै उपसमूहको सेयर बढेको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। यसअघि गत भदौ पहिलो साता ३२०० अंक छोएको नेप्सले केही दिनअघि सम्म निरन्तर घट्दै २२ सम्म पनि पुगेको थियो।

आइतबार बैंकिङ समूहको ३५.०३ अंक, व्यापार क्षेत्र १७१.२५ अंक, होटल तथा पर्यटन ५.२३ अंक, विकास बैंक २५७.१ अंकले बढेका छन्। त्यस्तै हाइड्रोपावर १४८.१८ अंकले वृद्धि भएको छ। बिमा क्षेत्रको सेयरमा २९५.११ अंकको वृद्धि भएको छ।


प्रकाशित: Jan 09, 2022| 16:19 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्