काठमाडौं– प्रहरी प्रधान कार्यालयले ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ। प्रहरी महानिरीक्षकको आइतबारको निर्णयअनुसार उपरीक्षकहरुको सरुवा गरिएको हो।
केही जिल्लाका प्रहरी प्रमुख समेत फेरिएका छन्। झापा, काभ्रे, कञ्चनपुर, बारालगायत जिल्लाका एसपी फेरिएका हुन्। जिल्ला प्रहरी कार्यालय झापामा विश्वमणि पोखरेललाई सरुवा गरिएको छ। यसअघि झापामा एसपी सानुराम भट्टराई थिए। त्यसैगरी श्यामसिंह चौधरीलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर सरुवा गरिएको छ।
हेर्नुस् सरुवा सूची