मंगलबार, वैशाख ९, २०८२

वृद्धा बलात्कारको घटना मिलाउने जनप्रतिनिधि पक्राउ

बलात्कारको घटनामा मेलमिलाप गराउने जनप्रतिनिधि कैलालीमा पक्राउ परेका छन्।
 |  आइतबार, पुस २५, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस २५, २०७८

vianetvianet

काठमाडौं– बलात्कारको घटनामा मेलमिलाप गराउने जनप्रतिनिधि कैलालीमा पक्राउ परेका छन्। ७७ वर्षीया वृद्धामाथि भएको बलात्कारको घटना मिलाएको पाइएपछि वडा सदस्य समातिएका हुन्। 

triton college

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार घटना ढाकछोप गरेको आरोपमा घोडाघोडी नगरपालिका–४ का वडा सदस्य लक्ष्मीरुद्र न्यौपाने पक्राउ परेका छन्। उनीसहित अन्य ४ जनालाई पनि प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बलात्कार आरोपितहरु घोडाघोडी नगरपालिका–४ का ३० वर्षीय प्रकाश सुवेदी, मिलापत्र गराउने त्यही ठाउँका पूर्व वडा सचिव यज्ञराज आचार्य, शिक्षक होमप्रसाद सुवेदी र स्थानीय यज्ञराज आचार्य छन्।

बलात्कार पीडित वृद्धाको उजुरीपछि न्यौपाने, सुवेदी, आचार्य र भट्टराई पुस १२ गते पक्राउ परेका थिए। सुवेदी भने पुस २३ गते पक्राउ परेका हुन्। 

वृद्धाले आफूमाथि भएको बलात्कार घटना झुक्याएर गाउँमै मिलापत्र गराएको आरोपमा ८ जनाविरुद्ध प्रहरीमा पुस १२ गते उजुरी गरेकी थिइन्। पक्राउ परेकामाथि जबरजस्ती करणी घटनाको लुकाउन सघाएर मतियार बनेको अभियोगमा मुद्दा दर्ता भएको छ। उजुरी परेका अन्य ३ जना भने फरार छन्।

National life insurance

गत मंसिर १५ गते वृद्धामाथि प्रकाश सुवेदीले जबरजस्ती गरेको उजुरीमा उल्लेख छ। तीन लाख रुपैयाँ दिने सहमतिमा घटनामा गाउँमै मिलाइएको वृद्धाले प्रहरीसमक्ष बयान दिएकी छिन्। सहमति भएअनुसार पैसा नपाएपछि वृद्धाले प्रहरीमा उजुरी गरेको बताइएको छ।

प्रकाशित: Jan 09, 2022| 13:18 आइतबार, पुस २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।